काठमाडौँ, १० असार । उपाधिको दाबेदारका रूपमा हेरिएको अर्जेन्टिनाको विश्वकप फुटबल यात्रा कठिन बनेको छ । गएराति समूह डी अन्तर्गतको खेलमा अर्जेन्टिना क्रोएशियासँग लज्जास्पद रूपमा पराजित भएसँगै सबैको नजरमा रहेका लियोनल मेस्सीबाट आश मारेका छन् ।
गत संस्करणको उपविजेता समेत रहेको अर्जेन्टिनाको यो हारसँगै नकआउट चरणको यात्रा थप कठिन बनेको हो । क्रोएशिया भने यो समूहबाट नकआउट चरणमा पुगेको छ । अब अर्जेन्टिनाले अघिल्लो चरणमा पुग्न आफुले जितेरमात्र पुग्दैन अरुको खेलपनि हेर्नु पर्ने हुन्छ।
अर्जेन्टिना अन्तिम १६ मा जाने अवस्था
अवस्था १
– क्रोएसियाले आइसल्यान्डलाई हराउनुपर्ने
– आइसल्याण्डले नाइजेरियालाई हराएमा
– अर्जेन्टिनाले नाइजेरियालाई फराकिलो गोल अन्तरले हराउनु पर्ने
यस्तो अवस्थामा क्रोएसियाको ९ अंक, अर्जेन्टिनाको ४, आइल्याण्डको ४ र नाइजेरिया अंकविहिन हुनेछ । र गोल अन्तरको आधारमा अर्जेन्टिना उपविजेता हुनेछ ।
अवस्था २
– क्रोएसियाले आइसल्यान्डलाई हराउनुपर्ने
– नाइजेरियाले आइसल्याण्ड हराउनुपर्ने
– अर्जेन्टिनाले नाइजेरियालाई हराउनु पर्ने
यस्तो अवस्थामा क्रोएसियाको ९ अंक, अर्जेन्टिनाको ४, नाइजेरियाको ३ अंक, आइल्याण्डको १ हुनेछ । ४ अंकका साथ अर्जेन्टिना उपविजेता हुनेछ ।