शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान

पाल्पा, २७ असार । सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको शुरुवात गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन शुरु गरेको हो । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्...
सरकारले हरेक नेपालीलाई शेयर दिने गरी महत्वपूर्ण आयोजना छनोट गर्ने

सरकारले हरेक नेपालीलाई शेयर दिने गरी महत्वपूर्ण आयोजना छनोट गर्ने

काठमाडौँ, २६ असार । सरकारले हरेक नेपाली नागरिकलाई शेयर दिने गरी केही महत्वपूर्ण आयोजना छनोट गर्ने भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको छलफलमा जनताले शेयर लगानी गर्न सक्ने गरी आयोजनाको क्षमता निर्धारण गरेको हो । जनताको शेयर लगानी रहने गरी ७२५ मेगावाटको माथिल्लो अरुण, ४०० मेगावाटको तल्लो अरुण, १०० मेगावाटको तामाकोसी पाँचौँ, ४८ मेगावाटको भेरी–बबई डाइभर्सन, २१० मेगावाटको सेती चैनपु...
सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधनको माग

सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधनको माग

काठमाडौँ, २६ असार । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीको समस्या स्थायी रुपमा समाधान गर्न यथाशीघ्र सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधनका लागि पहल गर्न माग गरेको छ । महासंघ प्रतिनिधिमण्डलले आज कानूनमन्त्री शेरबहादुर तामाङलाई भेटी व्यवसायमैत्री ऐन कानून निर्माण हुनुपर्नेमा जोड दिएको हो । महासंघ अध्यक्ष विष्णुभाई श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री तामाङलाई भेटी व्यवसायीले भो...
अब सेनाले पनि इन्धन ढुवानी गर्ने

अब सेनाले पनि इन्धन ढुवानी गर्ने

काठमाडौँ, २६ असार ।  शान्ति सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनालाई सरकारले इन्धन ढुवानी गर्न दिने भएको छ । निजी क्षेत्रले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन ढुवानी गर्दै आएकोमा अब ढुवानीको जिम्मा सेनालाई पनि दिन लागिएको हो । सेनाको कल्याणकारी कोषलाई पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर सञ्चालन अनुमति दिने प्रक्रिया अघि बढाउने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।...
पाकिस्तानसँग व्यापार, पर्यटन, लगानी र क्रिकेटमा सहकार्य गर्न आग्रह

पाकिस्तानसँग व्यापार, पर्यटन, लगानी र क्रिकेटमा सहकार्य गर्न आग्रह

काठमाडौँ, २५ असार । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदसँग आज भएको शिष्टाचार भेटघाटमा आगामी दिनमा दुई देशबीच व्यापार, पर्यटन, लगानी र क्रिकेटजस्ता खेलकूदमा सहकार्य गर्दै जानुपर्ने बताएका छन । अध्यक्ष तिमिल्सिनाले सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा भएको भेटघाटमा पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कमा खेलेको भूमिका र...
नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा रमेश अर्याल नियुक्त, आजै पदभार

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा रमेश अर्याल नियुक्त, आजै पदभार

काठमाडौँ, २५ असार । सरकारले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश अर्याललाई जिम्मेवारी दिएको छ । अर्थ मन्त्रालयमा कार्यरत उपसचिव अर्याललाई तत्कालका लागि नेप्सेको प्रमुख कार्यकारीको जिम्मेवारी प्रदान गरेको हो । नवयिुक्त प्रमुख कार्यकारी अधिकृत अर्यालले आज आफ्नो पद बहाली गर्नुभएको हो । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अर्याललाई नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौ...
आगामी वर्ष १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

आगामी वर्ष १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

काठमाडौँ, २५ असार । सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत आगामी वर्ष एक लाख युवालाई रोजगारी दिने दाबी गरेको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले देशभरका ७५३ स्थानीय तहमा रोजगार सुचना केन्द्र स्थापनाको तयारी भइरहेको जानकारी दिए । सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालय अन्र्तगत विनियोजित बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री विष्ट...
मजदुरको न्यनतम तलब तोकियो, साउनदेखि १४ हजार २ सय

मजदुरको न्यनतम तलब तोकियो, साउनदेखि १४ हजार २ सय

काठमाडौं, २५ असार । सरकारले आन्तरिक मजदुरको तलव तोकेको छ । न्युनतम् पारिश्रमिक निर्धारण समितिले सरकारलाई मजदुरको तलव १४ हजार २ सय रुपैयाँ बनाउने गरी सिफारिस गरेको हो । यसअघि मजदुरको न्यनतम् तलव ९ हजार ७ सय रुपैयाँ थियो । साउनबाट ४५ सय रुपैयाँ थपिनेछ । यो वर्षबाटै समाजिक सुरक्षा ऐन पनि लागू हुनेछ । यो समेत जोड्दा मजदुरको तलब झण्डै १७ हजार पुग्नेछ । सरकारले आगामी वर्षबाटै मजदुरको तलब बैंक खाताबा...
बार्षीक ३० अर्ब बराबरको फर्निचर तथा फर्निसिङको कारोबार

बार्षीक ३० अर्ब बराबरको फर्निचर तथा फर्निसिङको कारोबार

काठमाडौँ, २५ असार । मुलुकमा वर्षेनी करीब रु ३० अर्ब बराबरका फर्निचर तथा फर्निसिङका उत्पादनकोे कारोबार हुने गरेको छ । यस क्षेत्रमा कूल मागको ६० प्रतिशत स्वदेशी उत्पादन खपत हुने गरेको नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ । भान्सामा प्रयोग हुने विभिन्न फर्निचर, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेटलगायतका सामग्रीको खरिद बिक्रीमा उक्त रकमको कारोबार हुने गरेको जनाइएको...
नेपालमा वार्षिक तीस अर्बको फर्निचर कारोबार

नेपालमा वार्षिक तीस अर्बको फर्निचर कारोबार

काठमाडौँ, २४ असार । नेपालमा घर सजाउनका लागि महत्वपूर्ण मानिएको फर्निचरको वार्षिक कारोबार रु ३० अर्ब बराबरको हुने गरेको छ । पछिल्लो समयमा नेपाली उत्पादनबाटै आत्मनिर्भर हुने बाटोमा गएको भए पनि विदेशबाट आयात हुने फर्निचरको मात्रासमेत बढिरहेको छ । नेपाली मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन चाहने उपभोक्तालाई नेपाल फर्नीचर तथा फर्निसिङ संघले मेलाको...
मलेसिया रोजगारी सुरक्षित हिसाबले मात्र खोलिने

मलेसिया रोजगारी सुरक्षित हिसाबले मात्र खोलिने

काठमाडौँ, २४ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी सुरक्षित हिसाबले मात्र खोल्ने जनाएकोे छ । श्रममन्त्री गोकर्णराज विष्ट र मेनपावर व्यवसायीबीच आज मन्त्रालयमा भएको छलफलबाट सो निष्कर्षमा पुगिएको हो । मलेसिया रोजगारीका लागि प्रक्रियामा गइसकेर रोकिएका नेपाली कम्पनीको धरौटी वृद्धिलगायत कामदारका विषयमा कम्पनीका व्यवसायीले राखेका जिज्ञासामा मन्त्री विष्टले भने, “अनधिकृत र...
तेह्रथुमको छथर गाउँपालिकामा ९४ प्रतिशत योजना सम्पन्न

तेह्रथुमको छथर गाउँपालिकामा ९४ प्रतिशत योजना सम्पन्न

आठराई, तेह्रथुम, २४ असार । जिल्लाको छथर गाउँपालिकामा आर्थिक वर्ष २०७४/७५ मा सञ्चालन भएका ९४ प्रतिशत योजना सम्पन्न भएको छ । ‘कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार समृद्ध छथर निर्माणको आधार’ भन्ने मूल नाराका साथ आयोजित पहिलो गाउँसभामा तीय आयोजना पारित भएको जानकारी दिइएको हो । गाउँपालिकाका प्रमुख सन्तवीर लिम्बूले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाका प्रत्येक वडामा सञ्चालन भएका भौतिक...
खेलकूद विकासमा पर्याप्त बजेट छैन– खेलकूदमन्त्रीे

खेलकूद विकासमा पर्याप्त बजेट छैन– खेलकूदमन्त्रीे

काठमाडौँ, २४ असार । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालयमा सीमित स्रोत साधन र बाध्यताका कारण पर्याप्त बजेट नभएको गुनासो गरेका छन । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै उनले राष्ट्रिय बजेटको ०।३१८ प्रतिशत अर्थात् रु चार अर्ब मात्र बजेट विनियोजन भएको बताए । खेल क्षेत्र दुरवस्थामा रहेकाले भौतिक पूर्वाधार निर्माणमा ध्यान...
तीन दिनदेखि सुनचाँदीको भाउ स्थिर

तीन दिनदेखि सुनचाँदीको भाउ स्थिर

काठमाडौँ, २४ असार । आइतबार सुनचाँदीको मूल्य स्थिर छ । सुन तोलाको ५७ हजार ८ सय रुपैयाँ कायम भएको छ । विगत तीन दिन देखि यहि मूल्यमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
भारतबाट नेपाल आउने बिजुलीको भारी मुल्य बृद्धि गर्ने तयारी

भारतबाट नेपाल आउने बिजुलीको भारी मुल्य बृद्धि गर्ने तयारी

काठमाडौँ, २४ असार । भारतले नेपाललाई उपलब्ध गराउदैं आएको बिद्युतको मुल्य बढाउन दबाब दिएको छ । भारतको बिहार विद्युत वितरण कम्पनीले नेपालले आयात गर्ने बिजुलीको मूल्यमा १५ देखि २० प्रतिशत बढाउन दबाब दिएको हो । भारतबाट नेपाल आयात हुने बिजुलीमध्ये सबैभन्दा बढि ३ सय मेगावाट बिजुली नेपाल पठाउदैं आएको बिहार विद्युत वितरण कम्पनीले नेपाल–भार पावर एक्सचेन्ज कमिटीको गतहप्ताको बैठकमा नयाँ प्रस्तावसहित तत्काल...
विद्युत्को मूल्य बढाउने प्रस्ताव अस्वीकार

विद्युत्को मूल्य बढाउने प्रस्ताव अस्वीकार

काठमाडौँ, २३ असार । नेपाली प्रतिनिधिमण्डलको अडानपछि भारतबाट आयात भइरहेको विद्युत्को मूल्य तत्काल भने नबढ्ने भएको छ । भारतले दुई देशबीचको विद्युत् आदानप्रदान प्रावधानअनुसार विद्युत् महसुल बढाउन गरेको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ । यही असार २१ र २२ गते भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न विद्युत् आदानप्रदान समितिको १२ औँ बैठकमा विद्युत्को मूल्य बढाउने प्रस्ताव भारतीय पक्षले गरेको थियो ।...
प्रदेश १ लाई अलैंची जोनका रुपमा विकास गरिने

प्रदेश १ लाई अलैंची जोनका रुपमा विकास गरिने

विराटनगर, २२ असार । प्रदेश सरकारले प्रदेश १ लाई अलैची जोनको रुपमा बिकास गर्ने भएको छ । सोही अनुसार प्रदेश सरकारले आफनो नीति तथा कार्यक्रममा पूर्वी पहाडी जिल्लामा मूख्य नगदेवालीको रुपमा लगाइने अलैची खेतीलाई समावेश गरेको छ । प्रदेश सरकारले पहिलो प्राथमिक्तामा कृषि क्षेत्रलाई समावेश गरी बजेटको ठूलो हिस्सासमेत छुट्याइएको छ । जसमा नगदेवालीका रुपमा रहको अलैंची खेतीको संरक्षण, पर्वद्धन र प्रोत्साहनको ...
गोलभेँडाको मूल्य नपाउँदा किसान मारमा

गोलभेँडाको मूल्य नपाउँदा किसान मारमा

झापा, २२ असार । गोलभडाको उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । व्यापारीले किसानबाट खरिद गरेको गोलभेँडाको मनपरी मूल्य लिइरहेका छन् । किसानको खेतबाट प्रतिकिलो रु ६ मा खरीद गरेको गोलभेँडा व्यापारीले रू ४० मा बिक्री गरिरहेका छन् । बिर्तामोडस्थित कृषि उपज थोक बजार केन्द्रमा भेटिनुभएका पाँचथर अमरपुरका नवराज उप्रेतीले खेतबाट प्रतिकिलो रु ६ देखि रु ८ सम्ममा गोलभेँडा बिक्री गरेको बताए । उनले भने, ...
यस्ताे छ अाजकाे सुनचाँदी मूल्य

यस्ताे छ अाजकाे सुनचाँदी मूल्य

काठमाडौँ, २२ असार । शुक्रबार सुन तोलाको  ५७ हजार ८ सय रुपैयाँ कायम भएको छ । बिहिबार पनि यहि मूल्यमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
इटहरीको बजेट एक अर्ब ५० करोड

इटहरीको बजेट एक अर्ब ५० करोड

इटहरी, २२ असार । इटहरी उपमहानगरपालिकाले लामो बहस र छलफलपछि संघीय र प्रदेश सरकारबाट प्राप्त हुने रकमसहित कूल रु एक अर्ब ५० करोड ८९ लाख चार हजारको संशोधित एवं सन्तुलित बजेट नगरसभाले पारित गरेको भन्दै बिहीबार सार्वजनिक गरेको छ । उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उपमहानगरद्वारा आयोजित पत्रकार सम्मेलनमा आगामी आव २०७५/०७६ का लागि प्रस्तुत बजेटका विषयमा उपमहानगरपालिकामा रहेका २० वटै वडालाई कम...
धनकुटामा बिधुत महशुल नबुझाउँने ४ सय भन्दा बढीको लाईन काटियो

धनकुटामा बिधुत महशुल नबुझाउँने ४ सय भन्दा बढीको लाईन काटियो

धनकुटा, २० असार । धनकुटा नगरपालिकासहित जिल्लाका विभिन्न क्षेत्रका ग्राहकले महशुल नबुझाएपछि लाइन काट्न थालिएको छ । जिल्लाका विभिन्न क्षेत्रमा बक्यौता रहेको एक करोड १७ लाख ४४ हजार महशुल नबुझाएकाले विद्युत् लाइन काट्न थालिएको नेपाल विद्युत् प्राधिकरण धनकुटा शाखाका प्रमुख पवनकुमार शाहले बताए । विद्युत् महशुल नबुझाएको भन्दै जिल्लामा कूल ४०७ ग्राहकको लाइन काटिएको छ । धनकुटा नगरपालिकासहित शाखाको कालो...
व्यावसायिक रुपमा लिची उत्पादन गर्न थालेपछि किसानको जीवनस्तरमा सुधार

व्यावसायिक रुपमा लिची उत्पादन गर्न थालेपछि किसानको जीवनस्तरमा सुधार

पाल्पा, २० असार । पहाडी जिल्ला पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीमा व्यावसायिक रुपमा लिची उत्पादन गर्न थालेसँगै यहाँका किसानको जीवनस्तरमा सुधार आएको छ । व्यावसायिक लिची उत्पादनबाट यस आवमा ४० हजार किलोग्राम लिची एउटा वडाबाट निकासी भएको हो । किसानले लिचीको बिरुवासमेत आफैँ उत्पादन गरेर व्यावसायिकरुपमा लिची खेती गर्न थालेसँगै जीवनस्तर माथि उठेपछि यहाँका किसानहरु आकर्षित बनेका हुन् । किसानले फलाएको...
१० महिनामा ११ करोड ९५ लाख मूल्य बराबरको तास आयात

१० महिनामा ११ करोड ९५ लाख मूल्य बराबरको तास आयात

काठमाडौँ, १९ असार । सुन्दा अचम्म लाग्न सक्छ, जुन वस्तु उपयोग गर्न मुलुकको कानुनले बन्देज लगाएको छ त्यही वस्तु वार्षिक करोडौं रुपैयाँको आयात भइरहेको छ। त्यो वस्तु हो– तास। मनोरञ्जनका लागि जुवाघर अर्थात् क्यासिनो (विदेशीलाई मात्र) बाहेक अन्य ठाउँमा बर्जित गरेको तास पानपसलदेखि डिपार्टमेन्ट स्टोरसम्म खुलेआम बिक्री भइरहेको छ। सरकारले तास खेल्नेलाई कारबाही गर्दै आए पनि यसको बिक्रीवितरणमा भने कडाइ गरे...
राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयक पारित

राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयक पारित

काठमाडौँ, १८ असार । प्रतिनिधिसभा बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५’ पारित गरेको छ । प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा उक्त विधेयक बहुमतले पारित भएको हो । विधयेकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा युवराज खतिवडाले समृद्धि हासिल गर्न पूँजी परिचालन गर्नुपर्ने र त्यसका लागि राजश्व उठाउनाका साथै वैदेशिक ऋण लिनुपरेको स्पष्ट पार्नुभएको थियो । डा. खतिवडाले बजेटमा लिइएको आन्तरिक ऋ...
सुनचाँदीको मूल्य घट्यो ! हेर्नुहोस आजको मूल्य

सुनचाँदीको मूल्य घट्यो ! हेर्नुहोस आजको मूल्य

काठमाडौँ, १८ असार ।  सोमबार सुनको मूल्य घटेको छ ।  आइतबार तोलामा ५७ हजार ५०० मा कारोबार भएको छापावाल सुन आज ५७ हजार ३०० मा कारोबार भइरहेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन  आइतबार ५७ हजार २०० मा कारोबार भएकोमा आज  घटेर ५७ हजारमा कारोबार भइरहेको छ । यसैगरी आज चाँदी रु७६० मा कारोबार भइरहेको छ ।  आइबार चाँदीको मूल्य रु ७६५ रहेको थियो ।
साना उद्यमीलाई २७ लाखको प्रविधि हस्तान्तरण

साना उद्यमीलाई २७ लाखको प्रविधि हस्तान्तरण

नगरकोट, १८ असार ।  भक्तपुरका ४६ जना घरेलु तथा साना उद्यमीलाई करीब  २७ लाख बराबरको प्रविधि हस्तान्तरण गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरले भक्तपुर घरेलु तथा साना उद्योग संघको सिफारिसमा उक्त प्रविधि हस्तान्तरण गरेको हो । उद्योग कार्यालयमा आइतबार आयोजित कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले साना उद्यमीलाई प्रविधि वितरण गरे। वितरत सामग्रीमा जुकी मेशिन ...
महालक्ष्मी नगरको बिकासमा ५३ करोड बजेट

महालक्ष्मी नगरको बिकासमा ५३ करोड बजेट

धनकुटा, १७ असार । महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्ष ०७५/०७६ का लागि ५३ करोड वरावरको बजेट पारित गरेको छ । दोस्रो नगर भेलाले नगर क्षेत्रको बिकासका लागि ५३ करोड ३ लाख ५७ हजार वरावरको बजेट पारित गरेको हो । कार्यक्रममा नगरकी उपप्रमुख मन्जु कुमारी अधिकारीले चालु तर्फ ३२ करोड १६ लाख २२ हजार र पूजिगत तर्फ २० करोड ८७ लाख ३५ हजार बरावरको बजेट प्रस्तुत गरेकी थिइन् । नगरले आर्थिक विकास तर्फ १ करोड ...
बाँससम्बन्धी उद्योग खोल्न चीनले सघाउने

बाँससम्बन्धी उद्योग खोल्न चीनले सघाउने

काठमाडौँ, १७ जेठ । चीनले नेपालमा बाँस र बेतजन्य उद्योग स्थापनाका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको हालै सम्पन्न चीन भ्रमणका क्रममा त्यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि नेपालमा बाँस र बेतबाट निर्माण भएका सामग्री प्रवद्र्धन हुने भएको हो । सम्झौताअनुसार नेपालमा बाँसजन्य सामग्रीको उद्योग स्थापनाका लागि चीनले आवश्यक प्रविधि, उपकरण तथ...
एउटै उद्योगबाट वार्षिक ८० हजार किलो छुर्पी निर्यात

एउटै उद्योगबाट वार्षिक ८० हजार किलो छुर्पी निर्यात

इलाम, १७ असार । दुई वर्षअघि स्थापित सेतोट्यामी दुग्ध उद्योग प्रालिले एक वर्षमा तीन लाख किलो अर्थात् तीन हजार क्विन्टल छुर्पी अमेरिका निर्यात गरेको छ । कुकुरको आहाराका रूपमा नेपालबाट अमेरिकामा निकासी हुँदै आएको छुर्पी डगच्यू उत्पादन गर्ने उक्त कारखाना इलाम नगरपालिका वडा नं १० मा छ । दैनिक तीन हजार ५०० देखि चार हजार लिटरसम्म दूध संकलन गरेर प्रशोधन गर्ने गरेको यो उद्योगमा प्रतिदिन २५० किलोसम्म छु...
बारामा ६८ करोड बराबरको आँप उत्पादन

बारामा ६८ करोड बराबरको आँप उत्पादन

कलैया, १७ असार । यस वर्ष बारामा आँप उत्पादनमा वृद्धि भई रु ६८ करोड २५ लाखबराबरको रु १३ हजार ६५० मेट्रिक टन आँप उत्पादन भएको छ । जिल्ला कृषि कार्यालयका अनुसार जिल्लामा रहेको एक हजार २५० हेक्टर जमिनमा प्रतिहेक्टर १० दशमलव ९२ मेट्रिक टन आँप उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताउनुभयो । उत्पादनभएका आँपमध्ये बम्बै रु ७५, माल्दा रु ७०, दशहरी रु ५० कृष्णाभोग रु ४० र अन्य आँप रु ३० द...
हुम्लाका सरकारी कार्यालयमा ३३ करोड ७३ लाख बेरुजु

हुम्लाका सरकारी कार्यालयमा ३३ करोड ७३ लाख बेरुजु

सिमकोट, १७ असार । आर्थिक वर्ष २०७३/७४ मा हुम्ला जिल्लाका सरकारी कार्यालयको बेरुजु रु ३३ करोड ७२ लाख ५५ हजार ४३९ रहेको महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ । यो बेरुजु रकम जिल्लाका ३२ मध्ये १५ वटा सरकारी कार्यालय र पाँच वटा गाउँपालिकामा कूल बजेटको १६ प्रतिशत बेरुजु रहेको हो । गत आर्थिक वर्षमा जिल्लाको कूल बजेट रु दुई अर्ब ६७ करोड १४ हजार ५३३ रहेकामा बेरुजु रकम रु ३३ करोड ७२ लाख ५५ हजार ४३९ र...
error: Content is protected !!