अब ऋणीबाट वार्षिक १० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने
काठमाडौ, २ भदौ । चर्काे ब्याज असुल्ने साहु-महाजनलार्इ नयाँ मुलुकी संहिताले अंकुश लगाइदिएकाे छ । शुक्रबारदेखि लागू भएकाे नया संहिताअनुसार अब साहुले ऋणीसँग बढीमा वार्षिक १० प्रतिशत मात्रै ब्याज लिन पाउने भएका छन् ।
भदाै १ बाट लागू भएकाे मुलुकी देवानी संहिताकाे परिच्छेद १५ को लेनदेन व्यवहारसम्बन्धी व्यवस्थाको दफा ४७८ मा साहुले लिन पाउने ब्याज सम्बन्धी व्यवस्था छ ।
साे दफामा ‘लेनदेनसम्बन्धी लिखत ह...
































