दोस्रो कोशी प्रदेश गल्फ प्रतियोगिता हुँदै
विराटनगर । सुनसरीको धरानमा दोस्रो कोशी प्रदेश खुला गल्फ प्रतियोगिता हुने भएको छ । कोशी प्रदेश गल्फ सङ्घको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा बैशाख १३ गतेबाट प्रतियोगिता हुन लागेको हो ।
कोशी प्रदेश गल्फ सङ्घका अध्यक्ष सुयेश प्याकुरेलले प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्ला साथै काठमाडौँ, पोखरा र भारतको सिलिगुडीबाट एमेचर, सिनियर, जुनियर र महिला गरेर झन्डै ८० जना खेलाडीको सह...





























