विश्व टी–२० छनोट: नेपालको लगातार दोस्रो जीत

विश्व टी–२० छनोट: नेपालको लगातार दोस्रो जीत

काठमाडौँ, २० असोज । आइसिसी विश्व टी–२० क्रिकेट अन्तर्गत एशिया छनोटमा नेपालले लगातार दोस्रो जीत निकाल्न सफल भएको छ । छनोटको समूह ‘बी’को दोस्रो खेलमा नेपालले आज आयोजक मलेसियालाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत निकालेको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा मलेसियाले दिएको १०१ रनको सामान्य लक्ष्य नेपालले १२ ओभर ४ बलमा मात्र दुई विकेट गुमाएर पूरा ग¥यो ।...
भारतलाई पराजित गर्दै नेपाल फाइलनमा

भारतलाई पराजित गर्दै नेपाल फाइलनमा

काठमाडौँ, १९ असोज । नेपाल भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै नेपाल फाइनल पुगेको हो । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय एक/एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगको थियो । पेनाल्टीमा नेपालकी गोलकिपर अन्जना रानामगरको उत्कृष्ट प्रदर्शनले ...
बलात्कारको आरोप लागेपछि रोनाल्डोलाई राष्ट्रिय फुटबल टिमबाट निष्कासन

बलात्कारको आरोप लागेपछि रोनाल्डोलाई राष्ट्रिय फुटबल टिमबाट निष्कासन

काठमाडौँ, १९ असोज । पोर्चुगलका स्टार स्ट्राकर क्रिस्टियानो रोनाल्डोलाई एक अमेरिकन युवतीले बलात्कार गरेको आरोप लगाएपछि पोर्चुगलको राष्ट्रिय फुटबल टिमबाट निष्कासन गरेको छ । राष्ट्रिय टिमले उनलार्इ नोभेम्बरमा हुने अन्तरराष्ट्रिय म्याचमा राष्ट्रिय टोलीले नराख्ने निर्णय गरेको हो । उनले ११ अक्टोबरमा पोल्यान्डमा हुने युईएफए नेशन्स लिगको खेल र १४ अक्टोबरमा हुने मैत्रीपूर्ण म्याच नखेल्ने पनि बताएका छन् ...
साफ यू–१८ महिला फुटबलमा नेपाल–भारत भिड्दै

साफ यू–१८ महिला फुटबलमा नेपाल–भारत भिड्दै

काठमाडौँ, १९ असोज । भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो भूटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा ३ः१५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । आजै हुने दोस्रो सेमिफाइनलमा आयोजक भूटान र बङ्गलादेश प्रतिस्पर्धा गर्नेछन् । समूह चरणमा एक खेलमा जित र एक खेलमा हार व्यहो...
चेस ओलम्पियाडमा नेपालले युगान्डालाई हरायो

चेस ओलम्पियाडमा नेपालले युगान्डालाई हरायो

काठमाडौँ, १८ असोज । जर्जियामा जारी ४३ औँ चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीले युगान्डालाई ३–१ ले हराउँदै उपाधि होड कायम राखेको छ । समूह डी मा रहेको नेपालले नवौँ चरणको खेल जितेपछि नेपालको १० अङ्कका साथ दोस्रो स्थानमा छ । समान १० अङ्क नै बनाएको दक्षिण कोरिया शीर्ष र श्रीलङ्का तेस्रो स्थानमा छन् । तीस वटा मुलुक सहभागी यस समूहमा नवौँ चरणमा रिजेन्द्र राजभण्डारीले युगान्डाका साड्र«ाक कान्टीन्टीलाई प...
रोनाल्डोले यौन शोषणको आरोप अस्वीकार गरे

रोनाल्डोले यौन शोषणको आरोप अस्वीकार गरे

लास भेगास, १८ असोज । विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन् । अमेरिकी मोडेलले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छिन् । रोनाल्डोका विरुद्धमा लास भेगासको प्रहरीले अनुसन्धान गर्ने यसै साता बताइसकेको छ । पोर्चुगाली यी फुटबल खेलाडीले आफूमाथि लागेको आरोपमा सत्यता नरहेको बताएका छन् । “मेरा विरुद...
एन्फा प्रशिक्षकले क्लबमा काम गर्न नपाउने

एन्फा प्रशिक्षकले क्लबमा काम गर्न नपाउने

काठमाडौँ, १७ असोज । अखिल नेपाल फुटबल सङ्घ एन्फामा प्रशिक्षकका रुपमा जागिर गरिरहेका व्यक्तिले व्यावसायिक क्लबमा काम गर्न नपाउने भएका छन् । आज बसेको एन्फा कार्यसमितिको बैठकले व्यावसायिक क्लबमा प्रशिक्षक आबद्ध हुँदा एन्फाको आन्तरिक प्रशिक्षणमा असर गर्ने भएकाले सो निर्णय गरिएको प्रवक्ता किरण राईले जानकारी दिए । यसअघि एन्फा प्रशिक्षकको भूमिकामा रहेका व्यक्तिले व्यावसायिक क्लबमा समेत काम गर्दै आएका ...
विश्व टी–२० छनोट : नेपालद्वारा म्यान्मा आठ विकेटले पराजित

विश्व टी–२० छनोट : नेपालद्वारा म्यान्मा आठ विकेटले पराजित

काठमाडौँ, १७ असोज । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’ को पहिलो खेलमा नेपालले आज म्यान्मालाई आठ विकेटले पराजित गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा भएको खेलमा म्यान्माले दिएको ३० रनको झिनो लक्ष्य नेपालले तीन ओभरमा मात्र दुई विकेट गुमाएर पूरा ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको म्यान्माले १० ओभरमा अलआउट हुँदै २९ रन मात्र जोडेको थियो । म्यान्माका ...
विश्व टी–२० छनोट: नेपाल म्यानमारसँग भिड्ने

विश्व टी–२० छनोट: नेपाल म्यानमारसँग भिड्ने

काठमाडौँ, १७ असोज । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोटका लागि नेपालले आज म्यानमारसँग भिड्ने भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा खेल अपराह्न १२ बजे हुने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । नेपालको राष्ट्रिय टोलीले सन् २००६ पछि म्यानमारसँग खेल्न लागेको हो । सन् २००६ को एसिसी ट्रफीमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो । छनोटमा...
युएइद्वारा नेपालसामु २६९ रनको विजय लक्ष्य प्रस्तुत

युएइद्वारा नेपालसामु २६९ रनको विजय लक्ष्य प्रस्तुत

काठमाडौँ, १६ असोज । बङ्गलादेशमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत समूहचरणको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स युएइ ले नेपालसामु जितका लागि २६९ रानको लक्ष्य प्रस्तुत गरेको छ । बङ्गलादेशको क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएइले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर २६८ रन बनाउन सफल भयो । नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रनेछ । दुबै टोली यसअघिका दुई/दुई खेलमा पराजित भई प्र...
बङ्गबन्धु गोल्डकप: नेपाल र ताजकिस्तान भिड्दै

बङ्गबन्धु गोल्डकप: नेपाल र ताजकिस्तान भिड्दै

काठमाडौँ, १६ असोज । डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु गोल्डकपको पहिलो खेलमा आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशको ढाकामा सोमबारदेखि शुरु भएको बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा आज अपराह्न ताजकिस्तानसँग खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । त्यस्तै दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह ‘ए’मा नेपालसहित प्लोस्टाइन...
यू–१८ महिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दै

यू–१८ महिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौँ, १६ असोज । भूटानमा जारी यू–१८ माहिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दैछन् । दुवै टोली सेमिफाइनलमा पुगिसकेकाले आज विजयी हुने टोली समूह विजेता र पराजित हुने टोली समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्नेछन् । पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै बङ्गालदेशले पाकिस्तानमाथि १७–० ले जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो । गोल अन...
४३ औँ बुद्धिचाल ओलम्पियाडमा नेपाली पुरुष टोली विजयी

४३ औँ बुद्धिचाल ओलम्पियाडमा नेपाली पुरुष टोली विजयी

काठमाडौँ, १६ असोज ।  जर्जियामा जारी ४३औँ बुद्धिचाल ओलम्पियाडमा नेपाली पुरुष टोली विजयी भएको छ । गए राति सम्पन्न खेलमा छैटौँ चरणको खेलमा नेपालले श्रीलङ्कालाई २.५–१.५ अङ्कले पराजित गरेको हो । छैटौँ चरणको जितसँगै नेपालले कूल आठ अङ्क बनाएको छ । नेपालका लागि रिजेन्द्रराज भण्डारीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । बरियतामा ११८औँ स्थानमा रहेको नेपालले ११५औँ बरियताको श्रीलङ्कामाथि जित निकाल्दा रिजेन्द...
आठौँ राष्ट्रिय खेलकूद मङ्सिरमा नहुने

आठौँ राष्ट्रिय खेलकूद मङ्सिरमा नहुने

काठमाडौँ, १५ असोज । आगामी मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सरेको छ । राष्ट्रिय खेलकूद परिषद् राखेपको बोर्ड बैठक आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणाका लागि अहिले नुवाकोटको ककनीमा जारी छ । आगामी मङ्सिर २१ देखि २९ सम्म मध्यपश्चिममा गर्ने तय भएको आठौँ राष्ट्रिय खेलकूदका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण नसकिएका कारण खेल सार्नुपरेको राखेपका सदस्य–सचिव केशवकुम...
एसियन च्याम्पियनसीप खेलेर फर्कियो टोली, ‘व्यवस्थापकिय कमजोरीका कारण पछि प¥यौं’

एसियन च्याम्पियनसीप खेलेर फर्कियो टोली, ‘व्यवस्थापकिय कमजोरीका कारण पछि प¥यौं’

मोरङ १५ असोज । भारतको आगरामा आयोजित एसियन यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली स्वदेश फर्किएको छ । प्रतियोगिताको ४६ औं संस्करण सकिंदा पहिलो पटक सहभागी भएको नेपाली टोली आगराबाट नयाँ दिल्ली, बागडुगरा हुँदै पूर्वी नाका काँकडभित्ताबाट आइतबार राति विराटनगर आइपुगेको हो । प्रतियोगिताका लागि २० खेलाडी सहित २८ सदस्यीय टोली असोज ४ गते भारत गएको थियो । प्रतियोगितामा नेपाल छै...
नेपाल यू–१९ एशिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो

नेपाल यू–१९ एशिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो

काठमाडौँ, १५ असोज । नेपाल बङ्गलादेशमा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । आज अफगानिस्तानसँग तीन विकेटले पराजित हुँदै नेपाल एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले १३१ रन मात्र बनाएको थियो । १३२ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३७ ओभर ३ बलमा सात विकेट गुमाएर पूरा ग¥यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर ३ बलमा अलआउ...
एसिसी यु–१९ एशिया कप क्रिकेट: नेपालबाट अफगानिस्तानलाई १३२ रनको चुनौती

एसिसी यु–१९ एशिया कप क्रिकेट: नेपालबाट अफगानिस्तानलाई १३२ रनको चुनौती

काठमाडौँ, १५ असोज । बङ्गलादेशमा जारी एसिसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १३२ रनको लक्ष्य दिएको छ । बङ्गलादेशस्थित क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३१ रन मात्र जोड्यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । यस्तै नेपालका राशिद खानले २९, कप्तान आसिफ शेखले २...
विश्वको सर्वाधिक उचाइ छुमचौरमा खेलमैदान बन्दै

विश्वको सर्वाधिक उचाइ छुमचौरमा खेलमैदान बन्दै

जुम्ला, १५ असोज । जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने विश्वको सर्वाधिक उचाइ पातारासी गाउँपालिकाको छुमचौरमा खेलमैदान बन्ने भएको छ । दुई हजार ८०० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका–३ छुमचौरस्थित मालिका मावि लोडचौरमा उक्त खेलमैदान बन्ने भएको हो । जिल्ला खेलकुद विकास समितिका जुम्लाका प्रमुख कविदत्त न्यौपानेका अनुसार विश्वको अल्लो स्थानमा धान फल्ने गिनिज बुकमा रेकर्ड राखिएको स्थान छुमचौरम...
‘ए डिभिजन लिग’ शनिबारदेखि : उपाधि जित्ने सबै क्लबको दाबी

‘ए डिभिजन लिग’ शनिबारदेखि : उपाधि जित्ने सबै क्लबको दाबी

काठमाडौँ, १२ असोज । चार वर्षपछि शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ । चार वर्षपछि आयोजना हुन लागेको ‘ए’ डिभिजन लिगमा १४ टोलीको सहभागिता रहेको छ । लामो सयमदेखि लिग हुन नसकेपछि यस वर्ष एन्फाले रेलिगेशन बिनाको लिग गर्दैछ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का लिग कमिटीले आज पत्रकार सम्मेलन गरी लिगको तयारी पूरा भएको जनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित प...
यू–१९ एशिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने

यू–१९ एशिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ, १२ असोज । बङ्गलादेशमा आयोजना हुने यू–१९ एशिया कपमा नेपालले आफनो उद्घाटन खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । भोलि शनिबारदेखि शुरु हुने उक्त प्रतियोगितामा टेष्ट राष्ट्र टोली भारतलाई पराजित गर्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रनेछ । गत संस्करणको समूह चरणको खेलमा नेपालले भारतलाई पराजित गर्दै सनसनी मच्चाएको थियो । मलेसियामा भएको उक्त प्रतियोगितामा नेपालले...
पोखरा प्रिमियर लिग (पिपिएल)का लागि १९७ खेलाडी सूचीकृत

पोखरा प्रिमियर लिग (पिपिएल)का लागि १९७ खेलाडी सूचीकृत

काठमाडौँ, १२ असोज । आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन १७९ खेलाडीले नाम दर्ता गराएका छन् । पिपिएल आयोजक क्विन्स इभेन्ट्स प्रालिका अनुसार क्याप्ड सिनियरमा ३०, क्याप्ड एज लेभलमा ५७, र अनक्याप्डमा ९२ खेलाडीले नाम दर्ता गराएका छन् । क्विन्स इभेन्ट्सले पिपिएलमा सहभागी हुने खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक...