लास भेगास, १८ असोज । विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन् ।

Advertisement

अमेरिकी मोडेलले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छिन् ।

रोनाल्डोका विरुद्धमा लास भेगासको प्रहरीले अनुसन्धान गर्ने यसै साता बताइसकेको छ । पोर्चुगाली यी फुटबल खेलाडीले आफूमाथि लागेको आरोपमा सत्यता नरहेको बताएका छन् ।

“मेरा विरुद्ध प्रहरीले गर्ने भनिएको छानबिनको कुनै आवश्यकता नै छैन,” ३३ वर्षीय रोनाल्डोले भनेका छन् । “बलात्कार घृणित अपराध हो ।” उनी आजभोलि इटालीको युभेन्टस क्लबबाट खेल्ने गर्दछन् ।

प्रहरीले पीडितको नाम सार्वजनिक गरेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!