काठमाडौँ, १८ असोज । जर्जियामा जारी ४३ औँ चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीले युगान्डालाई ३–१ ले हराउँदै उपाधि होड कायम राखेको छ ।

Advertisement

समूह डी मा रहेको नेपालले नवौँ चरणको खेल जितेपछि नेपालको १० अङ्कका साथ दोस्रो स्थानमा छ । समान १० अङ्क नै बनाएको दक्षिण कोरिया शीर्ष र श्रीलङ्का तेस्रो स्थानमा छन् ।

तीस वटा मुलुक सहभागी यस समूहमा नवौँ चरणमा रिजेन्द्र राजभण्डारीले युगान्डाका साड्र«ाक कान्टीन्टीलाई पराजित गरे । अर्को बोर्डमा नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले प्याटिक काउमालाई र विवेक थिङले हारुना नसुबुगालाई हराए ।

हिमाल लामा अरथुर सेग्वानीसँग पराजित भएका थिए । दशौँ चरणमा नेपालले बलियो टोली चिलीसँग प्रतिस्पर्धा गर्नेछ । वरियतामा ४९औँ स्थानमा रहेको चिली नेपालका लागि कठिन प्रतिद्वन्द्वी हो । बरियतामा नेपाल ११८औँ स्थानमा छ ।

यसैगरी महिलातर्फ नवौँ चरणको खेलमा नेपालले ट्रिनिडाड एन्ड टोवागोसँग ३–१ पराजित भएको छ । नेपालकी सिन्दीरा जोशी र मोनालिसा खाम्बुले बराबरी खेलेका थिए । सुशीला गुरुङ र सुजना लोहनीले भने हार टार्न सकेनन् । दशौँ चरणमा नेपालले घानासँग प्रतिस्पर्धा गर्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!