काठमाडौँ, १७ असोज । अखिल नेपाल फुटबल सङ्घ एन्फामा प्रशिक्षकका रुपमा जागिर गरिरहेका व्यक्तिले व्यावसायिक क्लबमा काम गर्न नपाउने भएका छन् ।

Advertisement

आज बसेको एन्फा कार्यसमितिको बैठकले व्यावसायिक क्लबमा प्रशिक्षक आबद्ध हुँदा एन्फाको आन्तरिक प्रशिक्षणमा असर गर्ने भएकाले सो निर्णय गरिएको प्रवक्ता किरण राईले जानकारी दिए ।

यसअघि एन्फा प्रशिक्षकको भूमिकामा रहेका व्यक्तिले व्यावसायिक क्लबमा समेत काम गर्दै आएका थिए । बैठकले रेफ्री कमिटीका सदस्य सुरेन्द्र सिख्राकारलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । एन्फा कार्यवाहक अध्यक्ष वीरबहादुर खड्कालाई दुव्र्यवहार गरेको भन्दै एन्फाले सिख्राकारलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठकले जिल्ला फुटबल सङ्घ र ए डिभिजन क्लबलाई मासिकरुपमा बल उपलब्ध गराउने निर्णय पनि गरेको प्रवक्ता राईले बताए ।

तेस्रो हेलम्बु ट्रेल म्याराथन कात्तिक ६ गते

हिमालयन स्पोर्टस क्लबले आगामी कात्तिक ६ गते ‘तेस्रो हेलम्बु ट्रेल म्याराथन’ प्रतियोगिता गर्ने भएको छ ।

क्लबले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा फुल म्याराथन, पाँच किमी खुला दौड, पाँच किमी वाकाथन गरी तीन विधालार्य प्रतियोगितामा समावेश गरिएको जानकारी दिइयो । कात्तिक ६ गते कुटुमसाँगुबाट शुरु हुने म्याराथन स्नोफल माउन्टेन रिसोर्ट हेलम्बुमा पुगेर समापन हुने क्लबका अध्यक्ष छिरिङ लामाले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन फुल म्याराथनतर्फ रु चार हजार ५०० शुल्क तोकिएको छ । यसैगरी पाँच किलोमिटर दौड तथा पाँच किलोमिटर वाकथनमा सहभागिता शुल्क रु एक हजार तोकिएको छ ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी करीब ५०० खेलाडीको सहभागिता रहेन अपेक्षा आयोजकको छ । सो शुल्क तिरेबापत आयोजकले सहभागीलाई खाना र यातायात सुविधा उपलब्ध गराउनेछ । प्रतियोगिताको विजेतलाई रु २५ हजार, दोस्रो हुनेलाई रु १५ हजार र तेस्रो हुनेलाई रु १० हजार पुरस्कार प्रदान गरिनेछ ।

हेलम्बुमा उच्च पर्वतीय खेलकूद तालीम केन्द्र स्थापना गरी नेपालको खेल क्षेत्र र खेल पर्यटनको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको सङ्घीय सांसद शेरबहादुर तामाङले बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!