एजेन्सी

काठमाडौँ, १९ असोज । पोर्चुगलका स्टार स्ट्राकर क्रिस्टियानो रोनाल्डोलाई एक अमेरिकन युवतीले बलात्कार गरेको आरोप लगाएपछि पोर्चुगलको राष्ट्रिय फुटबल टिमबाट निष्कासन गरेको छ । राष्ट्रिय टिमले उनलार्इ नोभेम्बरमा हुने अन्तरराष्ट्रिय म्याचमा राष्ट्रिय टोलीले नराख्ने निर्णय गरेको हो ।

Advertisement

उनले ११ अक्टोबरमा पोल्यान्डमा हुने युईएफए नेशन्स लिगको खेल र १४ अक्टोबरमा हुने मैत्रीपूर्ण म्याच नखेल्ने पनि बताएका छन् ।
तर रोनाल्डोले भने आफूमाथि लगाएको बलात्कारको आरोप झुटो भएको बताएका छन् । रोनाल्डोले सामाजिक संजाल इन्स्टाग्राममा बोल्दै आफ्नो नाम डेरजो र्चाचमाउ आनका लागि मात्रै आफूमाथि बलात्कारको आरोप लागएको बताएका छन् ।

उनले भनेका छन्, ‘उनीहरु मेरो नाम जोडेर आफुलाई प्रख्यात बनाउन चाहन्छन् । यो सामान्य विषय हो ।’ रोनाल्डोका वकिलहरुले यस घटनाबारे झुटो समाचार प्रकाशित गर्दै रोनाल्डोमाथि आरोप लगाउने जर्मनीको डेर स्पिगेलमाथि कानुनी कारवाही अगाडी बढाएको छन्।

वकिलहरुले उक्त सबै घटना झुटो भएको र रोनाल्डोको अस्मितामा आँच पुर्याउन यो कदम चालेको भन्दै मुद्दा चलाउन लागेका हुन् । रोनाल्डोका वकिल क्रिस्टियन सर्जले भने, ‘रोनाल्डोमाथि लागइएको आरोप झुटो हो । यसले रोनाल्डोको प्रतिष्ठामा प्रश्न उठेको छ र यसको कारवाही हुनुपर्छ । व्यक्तिगत अस्मितामाथि आँच पुर्याउने कार्य मान्य हुने छैन ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!