संंगालोखबर सम्वाददाता

काठमाडौं । नेपालले कला, संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा कतारसँग सहकार्य गर्ने भएको छ ।

Advertisement

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार ती क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी दुई देशबीच सम्झौता र समझदारी गरिएको हो । कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा ती क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो ।

कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज सोल्टी होटलमा भएको भेटवार्तापछि सहकार्यको समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जनाइएको छ ।

यसैगरी युवा तथा खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले हस्ताक्षर गरेका छन् ।

यसैगरी, निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्शका बीच पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा नेपालका तर्फबाट महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!