संगालोखबर सम्बाददाता

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको वडा नंम्बर १० मा वडा अध्यक्षको मत गणना रोचक बनेको छ । वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार प्रकाशकुमार खड्का र एमाले उमेदवार किरण पाण्डेको मत बराबरी भएपछि नतिजा रोचक बनेको हो ।

Advertisement

बराबरी मत आएपछि गोला प्रथामार्फत् एमालेका पाण्डेले बाजी मारेका छन् । नेपाली कांग्रेसका खड्का र एमालेका पाण्डेले समान १०५३ मत ल्याएका थिए ।

मत बराबरी आएपछि जीतको टुङ्गो लगाउन गोला प्रथा गरिएको थियो । गोला प्रथाबाट वडाध्यक्षमा कांग्रेसका खड्का पराजित भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!