संगालोखबर सम्बाददाता

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ स्थित कपनमा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन र काठमाडौंको सिनमंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

Advertisement

स्थानीय शारदा एकेडेमीमा सञ्चालन भएको शिविरमा ९६२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १९३ जनाको रक्त परीक्षण, १६२ जनाको भिडियो एक्सरे र १५४ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै २१ जनाको दाँत फुकालिएको छ भने शिविरमा उपचार सम्भव नभएका ३३ जनालाई थप उपचारका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

केएमसी अध्यक्षको रुपमा डा.सुनिल शर्माको प्रवेशसँगै केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!