सल्यान, १० कात्तिक । सल्यानका विभिन्न स्थानमा लाग्ने परम्परागत मेलामा जुवा तथा मदिरामा प्रतिबन्ध लगाइएको छ । स्थानीय तहका जनप्रतिनिधीहरुले निर्णय गरेर नै मेलामा जुवा खेल्न र जाँड रक्सी विक्रि वितरण, सेवनमा रोक लगाएका हुन् ।

Advertisement

यसअघिका वर्षहरुमा लाग्ने प्राय: सबैजसो मेलामा लाखौँ रुपैयाँको जुवा चल्ने गर्दथ्यो । प्रहरी समेत जुवा हेरेर बस्ने गर्दथ्यो । जिल्लाको रुम्टीलेख मेला, दहबन मेला लगाएत परापूर्व कालदेखि लाग्दै आएका मेलामा खुलेआम ख्वारख्वारे जस्ता खेल चल्दथे ।

मेलामा युवाहरुले जाँडरक्सी सेवन गरेर लडाइ झगडा समेत गर्ने र नशाको जोशमा लाखौ रुपैया जुवा खेलेर हार्ने क्रम बढेपछि सथानीय सरकारका जनप्रतिनिधीहरुले जुवा तास र मदिरामा प्रतिबन्ध लगाएका हुन् । मेलामा जुवा र मदिरामा प्रतिबन्ध लगाइएको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले बताए ।

उनले भने– ‘हाम्रो गाउँपालिकाको छाँयाछेत्र, लेखपोखरा, दमाचौर लगाएतका स्थानमा मेला लाग्ने गर्छ, ती सबै मेलामा कुनै पनि किसिमको जुवा खेल्न र जाँडरक्सी खान, बेच्न प्रतिबन्ध लगाएका छौं ।’

उनले मेलालाइ विकृति र विसंगती मुक्त बनाउन आफुहरुले यस्तो निर्णय गरेको बताए । परम्परागत मेलामा मौलीक कलासंस्कृती, स्थानीय व्यापार, व्यवशायलाइ प्राथमिकता दिएर पर्यटकहरु भित्राउनुपर्नेमा केसीले जोड दिए ।

मेलामा बालक, महिलाहरु समेतले जुवा खेल्ने गरेको र यसले विकृती बढ्दै गएकोले प्रतिबन्ध लगाउनुपरेको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले बताए ।

‘अव हाम्रो चाहना र उद्देश्य समृद्ध समाज बनाउनु हो,’ उनले भने– ‘कोहि कसैले जुवा संचालन गरेमा मेलामा जाँडरक्सी बेच्न र सेवन गरेर होहल्ला गरेमा हामी तुरुन्तै कारवाहि गर्छाैँ ।’

सल्यानका कतीपय मेलामा केहि व्यक्तिले जुवाको ठेक्का समेत लिनेगरेका थिए । प्रतिबन्धीत जुवाजन्य खेलहरुमा धेरै जनाले ठगिएको गुनासो पनि गर्दथे ।

मेलामा रमाइलो गर्ने नाममा जुवाजन्य खेल खेलाउने कार्य र खुल्ला मदीरा विक्रीले विकृती ल्याएको भन्दै यसलाई स्थानीय सरकारले रोक लगाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!