काठमाडौं, २८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा विखण्डनकारीको जन्म भएको बताएका छन् ।

Advertisement

ब्यवस्थापिका संसदको अन्तिम बैठकमा सम्बोधन गर्दै थापाले परिवर्तनका नाममा नेपालमा विखण्डनकारीको जन्म भएको बताए । सविधान निर्माण भइसकेपछि देश स्थिरता र आर्थिक प्रगति हुने अपेक्षा नेपाली जनताको रहे पनि त्यस्तो अनुभूति गर्न नपाएको उनले गुनासो गरे ।

संविधानसभाबाट सविधान निर्माण गर्न सफल भएकोमा भने राप्रपा अध्यक्ष थापाले प्रशंशा गरे । उनले यो सविधान निर्माणमा योगदान गरेको भन्दै पूर्व राष्ट्रपति डा.रामवरण यादवदेखि सभामुख ओनसरी घर्तीलाई पनि धन्यवाद दिए ।

उनले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व सभामुख सुवाष नेम्वाङ्को पनि संविधान निर्माणमा महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशंंसा गरे ।

थापाले सविधानको अधिनमा रहेर देशको उन्नति र प्रगतिमा योगदान दिने प्रतिवद्धता पनि जनाए ।

थापाले पछिल्लो समय नेपालमा ठूलो पंक्तिमा युवाहरु विदेश पलायन भएको भन्दै दुःख ब्यक्त गरे । वैदेशिक रोजगारीका लागि युवा विदेश पलायन हुनु आर्थिक चुनौति रहेको थापाको भनाई थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement