काठमाडौं, २८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा र   माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच  केहिबेरअघि भेटवार्ता भएको छ ।

Advertisement

 प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले पार्टीले सरकारलाई दिएको समर्थन  कायमै रहने र  मन्त्रीपनि फिर्ता नबोलाउने जानकारी  गराएको  स्रोतले जनाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको शीर्ष नेताको बैठकलगत्तै प्रचण्ड देउवालाई भेट्न  बालुवाटार पुगेका हुन् ।  माओवादी बैठकले  देउवा सरकारलाई  पार्टीको समयर्थन यथावत रहने र सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने निर्णय गरेको थियो ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेसँगै अब प्रधानमन्त्री देउवासामु विकल्प साँधुरिदै गएको छ । अब देउवासामु राप्रपाका सांसदलाई मन्त्री बनाउन  माओवादी मन्त्रीलाई बर्खास्त  गर्नु बोहक विकल्प छैन । तर,  देउवाले यस्तो कदम चाले राजनीति थप पेचिलो बन्ने देखिएको छ ।
प्रधानमन्त्री  देउवाले शुक्रवार अचानक मन्त्रीमण्डल विस्तार  गर्ने निर्णय गरेका थिए । प्रधानमन्त्री देउवाले माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु बर्खास्त गर्नेसम्मका समाचारहरु प्रकाशमा आईरहेका बेला मन्त्रीपरिषद् विस्तार गर्ने निर्णाय लिएका थिए ।

देउवाले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीका रुपमा नियुक्त गरेका छन् । पछिल्लो पटक प्रधानमन्त्री देउवाले थापासहित चार मन्त्री र चार राज्यमन्त्री थपेका हुन् । योसँगै मन्त्रीपरिषद्मा मन्त्रीहरुको सख्याँ ६४ पुगेको  छ । नेपालको इतिहासमा यो सवैभन्दा ठूलो मन्त्रीपरिषद् हो ।

प्रधानमन्त्रीले मन्त्रीपरिषद् विस्तार गरेपछि अव माओवादीले के गर्छ ? सवैको ध्यान यो प्रश्नमाथि गएको बेला माओवादीले सरकारलाइ दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

यता व्यवस्थापिका संसद्को कार्यकाल शनिवार मध्यरातबाट सकिँदै छ । निर्वाचन आयोगले आइतवार समानुपातिक उम्मेद्वार मनोनयन गर्ने दिन तोकेकाले शनिवारदेखि संसद्को कार्यकाल सकिन लागेको हो । संविधानमा प्रतिनीधिसभा सदस्य मनोनयनको अघिल्लो दिनसम्म संसद्को आयु रहन उल्लेख छ ।

संसदको कार्यकाल सकिनै लाग्दा प्रधानमन्त्रीबाट भएको मन्त्रीपरिषद् विस्तारलाई एमाले र माओवादीलगायतका दलहरुले शंकाको नजरले हेरेका छन् ।

प्रतिनीधिसभा र प्रदेशसभाको चुनावको मुखमा देखिएको नयाँ राजनीतिक घटनाक्रमले चुनाव सर्छ कि भन्ने आंशका पनि बढेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!