काठमाडौँ, २५ असोज । प्रदेश र केन्द्रको चुनावमा ६० र ४० को अनुपातमा उम्मेद्वारी दिने सहमति गरेका बामगठबन्धनबीच कुन प्रदेशमा कसले मुख्यमन्त्री बनाउने भन्ने विषयमा पनि संवाद शुरु भएको छ ।

Advertisement

अहिलेसम्म एमालेले चार र माओवादीले तीन प्रदेशमा मुख्यमन्त्री लिने गरी छलफल भैरहेको स्रोतको भनाई छ ।

स्रोतका अनुसार १, ३, ४ र ७ प्रदेशमा एमालेले मुख्यमन्त्री र २, ५ र ६ मा माओवादीले मुख्यमन्त्री पाउने गरी छलफल भएको छ । यद्यपि ५ नम्वर प्रदेशमा पनि एमालेको दावी कायम छ ।

स्थानीय तहको चुनावमा ६ नम्वर प्रदेशमा माओवादी पहिलो र २ नम्वर प्रदेशमा एमाले भन्दा ठूलो शक्ति भएर आएपछि माओवादीले यी दुई प्रदेशमा आफ्नो दावी पेश गरेको हो । तीन वटा प्रदेशमा मुख्य मन्त्री पाउँदा माओवादीले ५ नम्वरमा पनिदावी गरेको स्रोतको भनाई छ ।

यद्यपी प्रदेशको मुख्य मन्त्रीका लागि ठूला नेताहरुले चासो देखाएका छैनन् । भावी मुख्य मन्त्रीका रुपमा पनि पार्टीहरुले कोही नेतालाई अगाडि सारेका छैनन् ।

अहिलेसम्म गठबन्धनवीच टिकव बाँडफाँडको विषय टुंगिएको छैन् । कार्यदल बनाएर काम थालेका गठबन्धनका नेताहरु निरन्तर संवादमा भएपछि टिकट बाँडफाँड जटिल बन्दै गएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!