संगालोखबर सम्वाददाता

धनकुटा, २१ असोज । धनकुटाको साँगुुरीगढी गाउँपालिका–६ कार्कीछाप नजिक शनिवार साँझ मिनिट्रक दुर्घटना भएको छ । धरानबाट किराना, कस्मेटिम लगायत सामाग्री लिएर हिले तर्फ जाँदै गरेको को.१ ख ३९६८ नम्बरको मिनिट्रक सडकमा पल्टिएको हो ।

धनकुटाको कार्कीछापमा सडकमा पल्टिएको मिनिट्रक । तस्वीर: चन्द्रकान्त पौडेल

दुर्घटनामा मानवीय क्षति नभएपनि सडक ढाक्नेगरी ट्रक पल्टिँदा करिव एक घण्टा कोशी राजमार्गको भेडेटार–धनकुटा सडकखण्डमा यातायात आवत–जावत प्रभावित भयो ।

Advertisement

ओरालो सडकमा ब्रेक फेल भएर सडक ढाक्नेगरी ट्रक पल्टिएपछि दोहोरो सवारी आवत–जावत हुँन नसकेको हो ।

सडकमा पल्टिएको ट्रक हटाएर साँझबाट दोहोरो रुपमा सवारी आवतजावत सुचारु गरिएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले संगालोखबरलाई जानकारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!