काठमाडौं , २अशोज । शुक्रबार राति १२ बजेदेखि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई चुनौती दिँदै राजनीतिक दलले ‘मौन अवधि’भित्र तराई–मधेसका ८ जिल्लामा विभिन्न बहानामा मतदातालाई प्रभावित गर्ने प्रयास जारी राखे ।

Advertisement

मतदानको अघिल्लो दिन असोज १ गते त दलहरुले विश्वकर्मा पूजाको बहानामा गाउँ, टोललाई भोजभतेर नै खुवाए ।

कतिपय उम्मेदवारले त मतदाताको घरघरमै नयाँ नोटको बिटो पनि पुर्याउन भ्याए । राष्ट्र बैंकले दशैंको अवसरमा साटेको करिब १६ अर्ब रुपैयाँमध्ये एक सय, ५ सय र एक हजार दरका नोट तराई–मधेसका मतदातालाई स्थानीय तहका उम्मेदवारमार्फत दिएको स्रोतको हवाला दिँदै आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर लेखेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!