चन्डीगढ। भारतको चन्डीगढमा आफ्नै काकाबाट बलात्कृत्त भएकी १० वर्षीया बालिकाले जन्माएको बच्चाको डिएनए उनका काकासँग नमिलेपछि प्रहरीले पुनः यसबारे अनुसन्धान सुरू गरेको छ।

Advertisement

उनीमाथि एक भन्दा बढी बलात्कार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले पत्ता लगाएको छ । बलात्कारको आरोप लागेका उनका काकालाई अदालतले बलात्कृत ठहर गरेको थियो उनी अहिले जेलमा छन्।

बालिकाको उमेर ज्यादै नै सानो भएकाले गर्भपतनका लागि ठूलै जोखिम हुने चिकित्सकहरूको रिपोर्ट पश्चात सर्वाेच्च अदालतले गर्भपतनका लागि दिएको आवेदन अदालतले खारेज गरेको थियो।

उनका सहोदर काकाले उनीमाथि ६ पटकसम्म बलात्कार गरेको र त्यस पश्चात उनको गर्भ रहेको थियो । उनका काकालाई अहिले थुनामा राखिएको छ।

बालिकाको काकासँग उनको डिएनए नमिलेपछि बालिका एक भन्दा बढी व्यक्तिहरूबाट बलात्कृत भएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरू गरेको हो।

चन्डीगढ कै सरकारी अस्पतालमा २.५ किलोको स्वस्थ्य बच्चा जन्माएकी उनको बच्चालाई पालन पोषणका लागि एक सामाजिक संस्थालाई जिम्मा दिइएको छ। नागरिक न्युज

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!