काठमाडौं, १५ भदौ। कक्षा १२ को परीक्षाफल विहीवार प्रकाशन हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले केही बेरमा नतिजा प्रकाशनको तयारी गरेको छ ।

Advertisement

नतिजा प्रकाशित हुन बाँकी रहेका ब्यवस्थापन, मानविकी र शिक्षा संकायको परीक्षाफल प्रकाशनको लागि सबै तयारी पुरा भएको परिक्षा नियन्त्रण कार्यलय भक्तपुरका उपनिर्देशक उत्तमदेव विष्टले जनाकारी दिए ।

उनले भने,‘परीक्षा प्रकाशनको सम्पूर्ण तयारी पुरा भइसकेको छ अब केही समय पछि परीक्षाफल सार्वजनिक हुनेछ ।’ परिक्षा नियन्त्रण कार्यलयले नतिजा सार्वजनिक भएपछि एनटीसी मोवाइबाट १६०१ डायल गरी नतिजा हेर्न सकिने विष्टले बताए ।

यस्तै http://www.neb.gov.np/ वा https://www.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिनेछ ।  गत बैशाख १० गते भएको परीक्षामा सहभागि हुन साढे ३ लाख परीक्षार्थीले परिक्षा दिएका थिए । राष्ट्रिय परीक्षा बोर्डले विज्ञान संकायको नतिजा भने गत साउन २० गते प्रकाशित गरिसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement