संगालोखबर सम्बाददाता

काठमाडौँ । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये नेपालमै सबैभन्दा बढी आयकर तिरेर यो बर्ष पनि विराटनगरस्थित नोबेल मेडिकल कलेज सम्मानित भएको छ । डा.सुनिल शर्माद्वारा सञ्चालित नोबेलले लगातार तिन बर्ष सर्वाधिक आयकर तिरेर तेस्रो पटक यो सम्मान पाएको हो ।

Advertisement

११ औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व बिभागले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा आर्थिक बर्ष २०७७/७८ मा सर्वाधिक आयकर तिरे बापत नोबेललाई सम्मानित गरियो । नोवेल मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्रप्रसाद उपाध्यायलाई सम्मान पत्र हस्तान्तरण गरिएको छ ।

बिपन्न परिवारमा हुर्किएर ठूलो मेहनत र संघर्षका साथ सफल व्यवसायीका रुपमा उदाएका डा.शर्माको नोबेल अस्पताल मूलुकको ठूलो करदाता बन्न सफल भएको हो । डा.शर्मा मूलुकको ठूला मेडिकल कलेजमा गनिने अर्को काठमाडौं मेडिकल कलेजका पनि सञ्चालक हुन् ।

व्यवसायीक सफलतासँगसँगै उनी राजनीतिक यात्रामा पनि अघि बढिरहेका छन् । अहिले मोरङ क्षेत्र नं.३ मा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार रहेका उनी राजनीतिमा पनि सफल बन्दै गएका छन् । मतगणनामा उनले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!