काठमाडौं। प्रेमकथामा बनेको चलचित्र ‘प्रेमगीत २’ दोस्रो सातामा प्रदर्शन गर्न सफल भएको छ । गत साताबाट प्रदर्शनमा आएको यो चलचित्र पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गर्न सफल भएको हो ।

Advertisement

पछिल्लो समय प्रदर्शनको पहिलो सातामै चलचित्र हलबाट उत्रिने गरेको  यथार्थ चिर्दै यो चलचित्र अर्काे सातामा पनि प्रवेश गरेको हो । चलचित्र अझ केही साता प्रदर्शनमा आउने निर्माता सन्तोष सेनले बताए ।

रिलिजको दुई दिनमा वर्षभरि प्रदर्शनमा आएको चलचित्र मध्य सबैभन्दा सर्वाधिक व्यवसायको रेकर्ड बनाएको चलचित्रले पहिलो साता ४ करोड १७ लाख ८२ हजार ३ सय ६२ रुपैयाँको कमाइ गरेको बताइएको छ ।

ब्यापक प्रचार प्रसार गरिएको यो चलचित्र हिरोको क्रेज, माउथ पब्लिसिटी र स्तरीय निर्माणले दर्शक बढेको धेरैको भनाई रहेको छ ।

२ करोडमा निर्माण भएको चलचित्रले लगानी सुरक्षित गरेको छ ।

तर, आजबाट भारतीय चलचित्र ‘जब ह्यारी मेट सेजल’ रिलिज भएपनि बलिउड मिडियाले चलचित्रको समिक्षा कमजोर रुपमा गरिदिएकाले आफ्नो चलचित्रको ब्यवसायलाई केही असर नपुग्ने निर्माण युनिटको भनाई रहेको छ ।

रामशरण पाठक निर्देशित चलचित्र ‘प्रेम गति २’मा प्रदीप खड्का, सन्तोष सेन र अश्लेषा ठकुरीको मुख्य भूमिका छ । प्रेमकथा बोकेको चलचित्र आशुसेन फिल्मसले निर्माण गरेको हो ।

‘जब ह्यारी मेट सेजल’ शाहरुख खान र अनुष्का शर्मा अभिनित चलचित्र हो । चलचित्रको निर्देशक इम्तियाज अली रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!