संगालोखबर सम्वाददाता

धनकुटा, १ कात्तिक । धनकुटाको श्रीपञ्चमी पार्कमा रहेको बाल पुर्नस्थापना सेवा केन्द्रका अनाथ बालबालिकाहरुलाई बुधबार शैक्षिक सामाग्री प्रदान गरिएको छ ।

धनकुटा–७ डाँडागाउँ घर भई हाल अस्ट्रेलियामा बस्दै आएका पदम कुमार र राजकुमारी चेम्जोङले नातिनी लिल्यू चेम्जोङको पहिलो जन्मदिनको अवसर पारेर बालबालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराएका हुन ।

Advertisement
अनाथ बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरिदै । तस्वीर : संगालोखबर

उनीहरुले अस्ट्रेलियाबाट रकम उपलब्ध गराएपछि स्थानीय सरोज भुजेलले शैक्षिक सामाग्री खरिद गरी बालबालिकालाई हस्तान्तरण गरेका थिए । श्रीपञ्चमी पार्कमा रहेका ६ बालक र ७ बालिकालाई कपी, कलम, पेन्सिल लगायत शैक्षिक सामाग्री उपलब्ध गराईएको हो ।

जन्मदिनकै अवसर पारेर बाल पुर्नस्थापना सेवा केन्द्रको अक्षय कोष निर्माणका लागि चेम्जोङ परिवारले १ हजार १० रुपैया नगदसमेत उपलब्ध गराएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!