काठमाडौँ।  संघ र प्रदेशको निर्वाचन मिति नजिकिएसँगै गठबन्धन बनाएर अघि बढेका प्रमुख राजनीतिक दलहरु गठबन्धनभित्र सिट संख्या बाँडफाँडको अन्तिम गृहकार्यमा जुटेका छन् ।

Advertisement

सिट र क्षेत्र बाँड्न कार्यदल बनाएर अघि बढेका दलहरुमा कार्यदलस्तरमा सहमति नजुटेपछि शीर्ष नेताहरु नै त्यसको गृहकार्यमा लागेका हुन् । बाम र लोकतान्त्रिक गरी दुई खेमामा बाँडिएका दलहरुभित्र आपसमा सिट संख्याबारे कुरो नमिलेपछि उनिहरुलाई समयाबिधिभित्रै काम सक्न मुस्किल पर्ने देखिएको छ ।

यसैबीच कांग्रेस नेतृत्वको गठवन्धनमा सहभागि दलहरुले बढी सिट संख्या मागेपछि काँग्रेसलाई तालमेल जोगाइराख्न हम्मेहम्मे पर्ने भएको छ ।

गठबन्धनमा सहभागि ६ दलमध्ये संघीय समाजवादी फोरम र राजपाले संघ र प्रदेशसभा निर्वाचनमा सोचेभन्दा बढी नै सिट दाबी गरेपछि नेतृत्वकर्ता दल काँग्रेसले उनीहरुलाई कति सिट दिने भन्नेबारे कार्यदलस्तरमा सहमति नभएपछि शीर्ष तहमा छलफल गर्न लागेको छ ।

राजपा र संघीय समाजवादीले मागेजति सिट नदिए गठबन्धन नै धरापमा पर्ने होकि भन्ने एकातिर चिन्ता बढेको छ भने अर्कोतिर उनीहरुलाई मात्र त्यति धेरै सिट दिँदा अरु दललाई पनि त्यसकै अनुपातमा दिनुपर्ने भएकाले कांग्रेस समस्यामा परेको हो ।

संघको १६५ मध्ये दुई दलले मात्र ५५ सिट दावी गरेपछि सिट संख्याबारे कार्यदल संयोजक विमलेन्द्र निधी र सदस्य मिनेन्द्र रिजालले सोमबार प्रधानमन्त्री एवं पार्टी सभापति शेरवहादुर देउवासँग छलफल गर्न लागेका हुन् ।

सोमबार ११ बजेपछि बालुवाटारमा हुने छलफलमा लोकतान्त्रिक गठबन्धन आबद्ध दलहरुसँगको चुनावी तालमेल र सिटसंख्या बाँडफाँडबारे छलफल हुने सदस्य मिनेन्द्र रिजालले जानकारी दिए ।

लोकतान्त्रिक गठबन्धनको आइतबारको बैठकमा फोरम र राजपाले ७ वटै प्रदेशमा प्रतिनिधीसभाको ५५ सिट दावी गरेपछि काँग्रेस अप्ठ्यारोमा परेको हो । उनीहरुले २ नम्वर प्रदेशमा रहेका ३२ निर्वाचन क्षेत्र मध्ये २४ सिट दावी गरेका छन् ।

यता, बाम गठबन्धनको कार्यदलमा पनि सिट संख्याबारे सहमति नजुट्दा सहमतिमा ढिलाइ भएको छ । सो गठबन्धनको हिजै बस्नुपर्ने बैठक आजका लागि सारिएको छ ।-रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!