- रबिन कटेल/संगालोखबर

धनकुटा, २८ भदौ । गोधुली क्लव सुनसरीलाई ट्राईवेकर मार्फत पराजित गर्दै झापाको विर्ता युनाईटेड धनकुटामा जारी १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ ।

स्थानीय टुडिखेलमा बुधबार भएको खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको वरावरी भएपछि खेल ट्राईवेकरबाट टुंग्याईएको हो । ट्राईवेकरमा ४–१ गोल अन्तरले झापा बिजयी बनेको हो ।

Advertisement

खेल सुरुवातको २१ औं मिनेटमा दोर्जे तामाङले पहिलो गोल गर्दै गोधुलीको खाता खोले । मध्यान्तर अघि गोधुलीले १–० गोलले अग्रता लिएको थियो ।

विर्ता युनाईटेड झापा र गोधुली क्लव सुनसरीको खेल । तस्वीर: संगालोखबर

मध्यान्तरपछिको २६ औं मिनेटमा ‘डिवक्स’ भित्र गोधुलीका सुरज सुनारको ‘हेण्ड’ भएपछि विर्ता यूनाईटेडले ‘पेनाल्टी’ हान्ने मौका पायो । सोही मौकालाई सदुपयोग गर्दै झापाका कर्ण लिम्बुले गोल गरेपछि खेलमा १–१ को वरावरी भएको हो ।

निर्धारित खेलमा दुवै तर्फबाट थप गोल नभएपछि खेल ट्राइवेकरमा पुगेको थियो । ट्राईवेकरमा झापाका कर्ण लिम्बु, बुद्ध चेम्जोङ्ग, रवि थापामगर र सुमिन मौनालीले गोल गर्दै टिमलाई बिजयी गराएका हुन ।

यता, गोधुलीका निराजन खड्काले मात्र गोल गरे । गोधुलीका दोर्जे तामाङको वल विपक्षीका गोल रक्षकले बिफल तुल्याए भने सुसिल राईले गरेको प्रहार पोष्ट माथिबाट बाहिरियो ।

बिजेता झापाले शुक्रवार हुँने दोस्रो अर्थात अन्तिम सेमिफाईनलमा साविक विजेता वि.आर.सी. भुटानसँग फाईनल प्रवेशका लागि भिड्नुपर्नेछ । फ्यान्स क्लव वि.आर.सी. भुटान ‘वाई’ पाउँदै सेमिफाईनल पुगेको हो ।

विर्ता युनाईटेड र गोधुली क्लवको खेल । तस्वीर: संगालोखबर

यता मंगलबार भएको उद्घाटन खेलमा आयोजक धनकुटा–११ लाई ४–१ गोल अन्तरले हराउँदै वेलवारी एफ.सी. मोरङ सेमिफाईनल पुगेको छ । वेलवारीले बिहिबार हुँने पहिलो सेमिफाईनलमा ब्वाईज यूनियन काठमाण्डौको सामना गर्नेछ ।

प्रतियोगितामा ६ टिम मात्र सहभागि रहेकाले ‘वाई’ पाएर ब्वाईज यूनियन र भुटान सेमिफाईनल पुगेका हुन । मंगलबारबाट सुरु भएको प्रतियोगिता शनिवार सम्पन्न हुने आयोजकले जनाएको छ । भीमनारायण गोल्डकपको अफिसियल मिडियाको रुपमा संगालोखबर पनि रहेको छ ।

विर्ता युनाईटेड झापा र गोधुली क्लव सुनसरीको खेल हेर्नुहोस् ….

यसअघि प्रकाशित भीमनारायण गोल्डकपका समाचारहरु हेर्नुहोस्…

सेमिफाईनलका लागि आज झापा र सुनसरी भिड्दै  

 

भीमनारायण गोल्डकप: धनकुटालाई घरेलु मैदानमा हराउँदै मोरङको बिजयी सुरुवात (भिडियोसहित)

 

आजदेखि भीमनारायण गोल्डकपः उद्घाटन खेलमा धनकुटा र मोरङ भिड्दै

 

धनकुटामा भोलिदेखि भीमनारायण गोल्डकप

 

धनकुटामा भदौ अन्तिम साता भीमनारायण गोल्डकप

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!