- संगालोखबर सम्वाददाता

धनकुटा, २८ भदौ । धनकुटामा जारी १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटर फाईनलमा आज विर्ता युनाईटेड झापा र गोधुली क्लव सुनसरी वीच खेल हुँदैछ ।

सेमिफाईनल प्रवेशका लागि विर्ता र गोधुली आम्नेसाम्ने हुन लागेका हुन । स्थानीय टुडिखेलमा दिउँसो ३ बजेबाट खेल सुरु हुने आयोजकले जनाएको छ । ‘ए’ डिभिजन क्लव झापा–११ का अधिकांस खेलाडीका साथ विर्ता यूनाईटेड मैदान उत्रदैछ ।

Advertisement

झापा–११ का बुद्ध चेम्जोङ, योगेश गुरुङ लगायत खेलाडी विर्ताबाट खेल्दैछन् ।  यता, गोधुली क्लवमा पनि ‘ए’ डिभिजन क्लवका खेलाडीहरु सामेल रहने बताईएको छ ।

चर्चित खेलाडीहरुका लागि दुवै टिम मैदानमा उत्रने भएकाले खेल रोमान्चक बन्ने आयोजक समिति सदस्य गोविन्द राईले संगालोखबरलाई बताएका छन ।

फाईल तस्वीर

यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक धनकुटा–११ लाई ४–१ गोल अन्तरले हराउँदै वेलवारी एफ.सी. मोरङ सेमिफाईनल पुगेको छ । वेलवारीले भोली हुँने पहिलो सेमिफाईनलमा ब्वाईज यूनियन काठमाण्डौको सामना गर्नुपर्नेछ ।

प्रतियोगितामा ६ टिम मात्र सहभागि रहेकाले ‘वाई’ पाएर ब्वाईज यूनियन सेमिफाईनल पुगेको हो । यता फ्यान्स क्लव वि.आर.सी. भुटान पनि ‘वाई’ पाउँदै सेमिफाईनल पुगेको छ ।

आज बिजयी हुँने टिमले शुक्रवार हुँने दोस्रो अर्थात अन्तिम सेमिफाईनलमा साविक विजेता वि.आर.सी. भुटानसँग फाईनल प्रवेशका लागि भिड्नुपर्नेछ ।

हिजोबाट सुरु भएको प्रतियोगिता भदौ ३१ गतेसम्म सञ्चालन हुदैछ । भीमनारायण गोल्डकपको अफिसियल मिडियाको रुपमा संगालोखबर पनि रहेको छ ।

यसअघि प्रकाशित भीमनारायण गोल्डकपका समाचारहरु हेर्नुहोस्…

भीमनारायण गोल्डकप: धनकुटालाई घरेलु मैदानमा हराउँदै मोरङको बिजयी सुरुवात (भिडियोसहित)

 

आजदेखि भीमनारायण गोल्डकपः उद्घाटन खेलमा धनकुटा र मोरङ भिड्दै

 

धनकुटामा भोलिदेखि भीमनारायण गोल्डकप

 

धनकुटामा भदौ अन्तिम साता भीमनारायण गोल्डकप

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!