काठमाण्डाै । दरबारमार्गमा अन्तर्राष्ट्रिय ब्रान्डका सामान बेच्ने चार पसलमा आपूर्ति मन्त्रालयले सिलबन्दी गरेको छ।  दसैं-तिहारका मुखमा सेलका नाममा ठगी गरेको भेटिएको भन्दै सिलबन्दी गरिएको हो।

आपूर्तिमन्त्री शिवकमुमार मण्डलसहित आपूर्ति व्यवस्थापन विभाग तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा छुट भन्दै ११ गुणाभन्दा बढी मूल्य लिने गरेको भेटिएपछि सिलबन्दी गरिएको हो।

Advertisement

चाडबाड नजिकिएपछि अधिकांश पसलमा ६० प्रतिशतसम्म छुटका ट्याग झुण्ड्याइएका छन्। पुमा, नाइक, बिन्टले र स्टोर वानमा अनुगमन गरिएको थियो।

त्यसक्रममा अधिकांश व्यवसायीले ११ गुणासम्म मूल्य लिएको पाइएपछि सिलबन्दी गरिएको थियो। ‘अनुगमनका क्रममा १ हजार पर्ने कपडा ४ देखि ५ हजार र २४ सय पर्ने जुत्ताहरु २७ हजार रुपैयाँसम्म लिने गरेको पाइयो। बिलबिजक पनि छैन,’ विभागका महानिर्देशक कुमार दाहालले भने, ‘धेरै विकृति देखिएकाले चारवटैमा सिलबन्दी गरेका छौँ।अाजकाे कान्तिपूर दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!