एजेन्सी ।उत्तर कोरियामा एउटा ठूलो भूकम्पको झ्टका मापन गरिएको छ । उत्तर कोरियाले आफ्नो छैटौं परमाणु परिक्षण गरेको अनुमान गरिएको छ ।

Advertisement

अमेरिकी भूगर्भविद्का अनुसार ६.३ तिब्रताको उक्त भूकम्प कुनै परमाणु परिक्षणपश्चातको हो । जुन इलाकामा भूकम्प मापन गरिएको छ त्यहाँ उत्तर कोरियाले पहिले नै परमाणु परिक्षण गरिसकेको छ ।

घटना हुनु केही घण्टा अघिमात्र उत्तर कोरियाली नेता किम जोंग उनको एक परमाणु बमसँगको तस्बिर जारी गरेको थियो ।

उत्तर कोरियाको सरकारी मिडियाको दाबी अनुसार उक्त बमलाई मिसाइलमा राख्न सकिन्छ ।

उत्तर कोरियाको यी दाबीलाई स्वतन्त्र रुपमा पुष्टि गर्न सकिएको छैन ।

उक्त घटनापश्चात् दक्षिण कोरियाले तुरुन्त राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएको छ । दक्षिण कोरियाली सेनाका प्रमुखका अनुसार उत्तर कोरियाले परमाणु परिक्षण गरेको छ ।

दक्षिण कोरियाली अधिकारी अनुसार उत्तर भूकम्प उत्तर कोरियाको परमाणु स्थल पुनग्ये री नजिकै किलजू काउन्टीमा मापन गरिएको हो ।

यस्तै, भूकम्पमाथि नजर राख्ने चीनियाँ संस्थानका अनुसार उक्त भूकम्प सम्भावित बिस्फोटनका कारण हुनसक्छ । चीनका अनुसार अर्को भूकम्प पनि मापन गरिएको छ जुन ४.६ म्याग्नेच्युडको थियो ।

उत्तर कोरियाले गत सेप्टेम्बर मात्रै आफ्नो अन्तिम परमाणु परिक्षण गरेको थियो ।

उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धलाई नजरअन्दाज गरेर आफ्नो परमाणु र मिसाइल कार्यक्रम जारी राखेको छ ।

मिसाइल परिक्षणपछि केही महिना यता अन्तर्राष्ट्रिय चिन्ता बढेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!