काठमाडौ। नेयमारले दुई गोल गरेसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा टुसुलमाथि सहज जित हात पारेको छ ।

Advertisement

आइतबारको खेलमा १० खेलाडीमा सिमित पीएसजीले टुसुलमाथि ६–२ को जित  भएको हो । पीएसजीको घरेलु मैदानमा भएको खेलमा अग्रता भने टुसुलले १८ औं मिनेटमा लिएको थियो ।

तर, ३१ औं मिनेटमा नेयमारले बराबरी गोल गरे । ३५ औं मिनेटमा एड्रियन राबिओले गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमा २–१ को अग्रता लियो । खेलको ६९ औं मिनेटमा भेराटीले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा सिमित भयो ।

टुसुलले यसको फाइदा लिन सकेन । ७५ औं मिनेटमा पीएसजी पेनाल्टी पायो, जसमा काभानीले सहजै गोल गरे ।

तीन मिनेटपछि पीएसजीका सिल्भाले आत्मघाती गोल गरे, जुन भ्रमणकारी टोलीका लागि राहत बन्यो ।

तर, ८२ औं मिनेटमा पास्टोर र ८४ औं मिनेटमा काजावाले गोल गरेपछि पेरिस सेन्ट जर्मेनले ६–२ को जित हात पारेको छ ।-एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!