उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
३० प्रतिशत मत भार रहेको एशोसिएटमा ढकालले ५२२ मत ल्याएका छन् भने प्रधानको पक्षमा ३७५ मत खसेको छ । २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ र प्रधानले ३९ मत पाएका छन् । ५० प्रतिशत मत भार रहेको जिल्ला नगरतर्फ ढकालल...






























