एल जि एकीकृत सेवाद्वारा पत्रकारको कोरोना बीमा

एल जि एकीकृत सेवाद्वारा पत्रकारको कोरोना बीमा

पर्वत । पर्वतको एल जि एकीकृत सेवा प्रा.लि.ले पत्रकारको कोरोना बीमा गरेको छ । अजोड इन्सुरेन्स लिमिटेडसँग सम्झौता गरी संस्थामा आवद्ध ११ जना पत्रकारको कोरोना बीमा गरिएको हो । कोरोना भाइरसको महामारीका बेला पत्रकारहरुले अग्रपङ्तिमा रहेर काम गर्ने र उनीहरुमा संक्रमणको जोखिम हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै  बीमा गरिएकोे प्रा.लि.का संचालक गणेश बहादुर क्षेत्रीले जानकारी दिए । बीमा गरेको १५ दिनपछि पत्र...
लमजुङमा अलपत्र परेका धनकुटेलीको उद्धार

लमजुङमा अलपत्र परेका धनकुटेलीको उद्धार

धनकुटा । लमजुङमा अलपत्र परेका धनकुटेलीलाई उद्धार गरेर जिल्ला ल्याईएको छ । मजदुरीका लागि लमजुङ पुगेका जिल्लाको चौबिसे गाउँपालिका–२ मुढेवासका ८ जनालाई उद्धार गरेर धनकुटा ल्याईएको हो । कामको सिलसिलामा मुढेवासका युवाहरु केही महिना अघि लमजुङ पुगेका थिए । लकडाउनका कारण कामबिहिन भएर अलपत्र परेको थाहा पाएपछि लमजुङको सुन्दरबजार नगरपालिकासँग समन्वय गरेर उनीहरुलाई ल्याईएको चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन...
रहेनन् गीतकार रत्नशमशेर थापा

रहेनन् गीतकार रत्नशमशेर थापा

काठमाडौं । गीतकार रत्नशमशेर थापाको बिहिबार निधन भएको छ । ८३ वर्षको उमेरमा बिहिबार दिउँसो करिव १२ बजे थापाको निधन भएको हो । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि थापालाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको परिवार स्रोतले जनाएको छ । ‘जाग लम्क चम्क हे नौजवान हो’, ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’ लगायत थापाका गीत नेपाली सांगितिक क्षेत्रमा चर्चित छन् ।
नेपालमा कोरोना संक्रमणबाट पाँचौ व्यक्तिको मृत्यु भएको पुष्टि

नेपालमा कोरोना संक्रमणबाट पाँचौ व्यक्तिको मृत्यु भएको पुष्टि

काठमाडौँ । कोरोना संक्रमणका कारण थप एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । ललितपुर महानगरपालिका–२२ बुङमतीका ५६ वर्षीय व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नियमित पत्रकार सम्मेलनका क्रममा बिहिबार मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले उनको मृत्यु कोरोना संक्रमणका कारण भएको पुष्टि गरे । ललितपुरको किस्ट मेडिकल कलेज (शिक्षण अस्पताल) मा ...
थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या हजार नाघ्यो

थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या हजार नाघ्यो

काठमाडौं । बिहिबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापा, सोलुखुम्बु, सिरहा, सप्तरी, धनुषा, रौतहट, वाँके, बर्दिया, मकवानपुर, कैलाली, दार्चुला लगायत जिल्लामा कोरोना संक्रमित थपिएका हुन् । झापाका थप २५ जना र सोलुखुम्बुका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोलुखुम्बुमा पहिलो पटक संक्रमित भेटिएका हुन् । त्यस्तै सिरहाका ६ जना, सप्तरीका १४ जना, सर्लाहीका ७ जना, धनुषाका २९ जना, नवलपुरका...
२ सय ३३ कैदीको कैद सजाय मिनाहा

२ सय ३३ कैदीको कैद सजाय मिनाहा

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा २ सय ३३ जना कैदीको बाँकी कैद सजाय माफी मिनाहा दिएकी छन्। नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहितका कैदीलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरे...
थप ११४ जनामा कोरोना संक्रमण पुष्टि

थप ११४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बुधबार थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । धरान स्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा सप्तरीका ११ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १७ जनामा संक्रमण पुष्टि भएको छ । झापाको...
सर्लाहीमा जग्गाको विषयलाई लिएर बुवाको हत्या

सर्लाहीमा जग्गाको विषयलाई लिएर बुवाको हत्या

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिकामा गएराति एक वृद्धको घरेलु धारिलो हतियार प्रहारबाट हत्या भएको छ । बसबरिया गाउँपालिका–५ धनगढा निवासी ७५ वर्षीय रामअधिन रायको धारिलो हतियार प्रहारबाट मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । आफ्नै आँपको बगैँचामा सुतिरहेको अवस्थामा वृद्धको हत्या भएको उनले बताए । घरेलु हतियारले वृद्धको टाउको र हातमा प्रहार गरी हत्...
थप ९० जनामा कोरोना संक्रमण पुष्टि

थप ९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मंगलबार थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार महोत्तरी, बारा, रौटहट, सिरहा, धनुषा, कपिलबस्तु, अर्घखाँची, कैलाली, अछाम, स्याङ्जा, सुर्खेत र बाँकेमा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । कपिलबस्तुमा २६ जना, रौटह...
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्वोधन (सम्वोधनको पूर्ण पाठसहित)

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्वोधन (सम्वोधनको पूर्ण पाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ राष्ट्रका नाममा संबोधन गरेका छन् । सम्वोधनका क्रममा उनले नेपालको कुल जनसंख्याको दुई प्रतिशत व्यक्तिमा कोरोना परीक्षण गरिने बताएका छन् । उनले निरोगी नेपाल निर्माणका लागि शारिरिक व्यायम, सरसफाई र उपयुक्त आहारामा ध्यान दिई उच्च मनोबल बनाउँन आग्रह पनि गरेका छन् । हेर्नुहोस् संबोधनको पूर्णपाठ... आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, आज विश्व कोरोना...
नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको पुष्टि, ६८२ संक्रमित

नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको पुष्टि, ६८२ संक्रमित

काठमाडौं । बाराका एक जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिका–७ का ७० बर्षीय बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित पत्रकार सम्मेलनका क्रममा सोमबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले उनको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गर्दै नेपालमा कोरोना संक्रमणबाट मृत्यु ह...
थप ६ जनामा कोरोना संक्रमण पुष्टि

थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सोमबार दिउँसो थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दिया, पर्सा र अछाममा संक्रमित थपिएका हुन् । बर्दियाका ३ जना, पर्साका २ जना र अछामका १ जनाका कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आज बिहान ७२ जनामा संक्रमण देखिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ । १११ जना संक्रमित निको भएर अस्पतालबाट डिस्र्चाज भइसकेका छन् भने क...
थप ७२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७५ पुग्यो

थप ७२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौं । सोमबार बिहान थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरी, धनुषा, कपिलबस्तु, काठमाडौं, बारा, रौटहट, बाँके, बर्दिया र दैलेखमा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार रौटहटका २६ जना र बाराका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै दैलेखमा ७ जना, बाँकेमा ४ जना, धनुषामा ३ जना, कपिलबस्तुमा ३ जना, काठमाडौंमा ३ जना, सप्तरीमा २ जना...
हावाहुरीले कुखुराको खोर भत्किँदा दुई जनाको मृत्यु, दुई घाइते

हावाहुरीले कुखुराको खोर भत्किँदा दुई जनाको मृत्यु, दुई घाइते

नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोटमा बर्षासँगै आएको हावाहुरीका कारण कुखुराको खोर भत्किँदा किचिएर दुई जनाको मृत्यु भएको छ । गैडाकोट–६ बोटे टोलमा बाँस र खरले बनाएको कुखुराको खोर हावाहुरीले भत्काउँदा कुखुरा पालक व्यवसायीसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भित्र सरसफाई गरिरहेका बेला खोर भत्किँदा गैडाकोट–८ का कुखुरा पालक व्यावसायी ३५ बर्षीय काशीराम पौडेल र सोही स्थानमा डेरा गरी बस्ने का...
थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६०३ पुग्यो

थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६०३ पुग्यो

काठमाडौं । आईतबार दिउँसो थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापासहित बिभिन्न जिल्लामा नयाँ संक्रमित थपिएका हुन् । भापाको बाह्रदर्शी–३ का ४५ बर्षीय पुरुष, बाराका २ जना, पर्साका २ जना, रौटहटका १ जना, सर्लाहीका १ जना, रुपन्देहीका ६ जना, काठमाडौंका १ जना, नुवाकोटका १ जना, कपिलबस्तुका ३ जना र गुल्मीमा १ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको स्वास्थ्य ...
थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

काठमाडौं । शनिवार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापा, बैतडी, बाँके, बर्दिया र सुर्खेतका ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापाका १ जना, बैतडीका ४ जना, बाँकेका २७ जना, बर्दिया १ जना र सुर्खेतका ३ जनामा संक्रमण भेटिएको हो । शनिवार बिहान सर्लाहीका १३ जना, कपिलबस्तुका ८ जना र रुपन्देहीका ८ जना तथा काठमाडौं, बारा र चितवनका एक/एक जनामा कोरो...
थप ३२ जनामा कोरोना संक्रमण

थप ३२ जनामा कोरोना संक्रमण

काठमाडौं । शनिवार बिहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा कोरोना संक्रमित थपिएका हुन् । सर्लाहीका १३ जना, कपिलबस्तुका ८ जना र रुपन्देहीका ८ जनामा संक्रमण पत्ता लागेको छ । त्यस्तै काठमाडौं, बारा र चितवनका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४...
२० जना कोरोना संक्रमित थपिए, ५०७ पुगे संक्रमित

२० जना कोरोना संक्रमित थपिए, ५०७ पुगे संक्रमित

काठमाडौं । शुक्रबार दिउँसो थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङ, कैलाली, बाँके, बैतडी र डडेलधुरामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङको रतुवामाईमा १ जना, कैलालीमा ३ जना, बाँकेमा १४ जना, बैतडीमा १ जना र डडेलधुरामा १ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ ।...
थप ३० जनामा कोरोना संक्रमण

थप ३० जनामा कोरोना संक्रमण

काठमाडौं । शुक्रबार बिहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाही, कपिलबस्तु, नवलपरासी र भरतपुरका ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सर्लाहीमा १३ जना, कपिलबस्तुमा ९ जना, नवलपरासीमा ४ जना र भरतपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रम...
४५७ पुगे कोरोना संक्रमित

४५७ पुगे कोरोना संक्रमित

काठमाडौं । बिहिबार साँझ थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणका क्रममा बाँकेका २ र कपिलबस्तुका १ जनामा संक्रमण देखिएको हो । बाँकेको नरैनापुर–३ का ३२ बर्षीय पुरुष र खजुरा–३ का ४२ बर्षीया महिलामा संक्रमण देखिएको हो । त्यस्तै कपिलबस्तुको सुद्दोधन गाउँपालिकाका १९ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जन...
थप ९ जनामा कोरोना संक्रमण, झापामा ८ संक्रमित थपिए

थप ९ जनामा कोरोना संक्रमण, झापामा ८ संक्रमित थपिए

बिराटनगर । बिहिबार दिउँसो थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाका ८ र रुपन्देहीका १ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । हालसम्म नेपालमा निको भएर घर फर्किनेको संख्या ४९ पुगेको छ । यसअघि झापामा बिहिबार बिहान १० जना र बुधबार ५ जनामा संक्रमण पुष्टि भएको थियो । बिगत २४ घण्टाको अवधिमा झापामा २३ जना ...
गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको पुष्टि, मृतकको संख्या तीन पुग्यो

गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको पुष्टि, मृतकको संख्या तीन पुग्यो

बिराटनगर । गुल्मीको मदाने गाउँपालिका–६ का ४१ बर्षीय कोरोना संक्रमित पुरुषको बिहिबार बिहान मृत्यु भएको छ । रुपन्देही स्थित क्रिमसन अस्पतालमा उपचाररत उनको बिहान निधन भएको प्रदेश नं.५ को स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ । निर्देशनालयका प्रवक्ता एवं बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले संक्रमित व्यक्ति बिहान मृत्यु भएको पुष्टि गरेका हुन् । ‘हिजोसम्म उहाँका बारेमा आएका हल्ला गलत थिए । आज...
नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुग्यो

काठमाडौं । बुधबार अपरान्हसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । पछिल्लो २४ घण्टा यता २५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलबस्तुमा १३ जना, बाँकेमा ६ जना, धनकुटामा ५ जना र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएको नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । यसैवीच हालसम्म ४५ जन...
नेपालको नयाँ नक्सा सार्वजनिक

नेपालको नयाँ नक्सा सार्वजनिक

काठमाडौं । नेपालको नयाँ नक्सा बुधबार सार्वजनिक भएको छ । भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर सरकारले नयाँ नक्सा सार्वजनिक गरेको हो । बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नयाँ नक्सा सार्वजनिक गरिन् । नक्सा सार्वजनिक कार्यक्रममा मन्त्री अर्यालले अघिल्लो नक्सामा गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश गरेर नयाँ ...
गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छैन, उपचार भइरहेको छ: क्रिमसन अस्पताल

गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छैन, उपचार भइरहेको छ: क्रिमसन अस्पताल

बिराटनगर । कोरोना संक्रमण पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका–६ का ४१ बर्षीय व्यक्तिको उपचारका क्रममा मृत्यु भएको भन्ने हल्ला गलत भएको रुपन्देही स्थित क्रिमसन अस्पतालले जनाएको छ । आज मध्यान्ह १२ बजे अस्पताल प्रशासनले प्रेस बिज्ञप्ति जारी गर्दै बिरामीको उपचार जारी रहेकाले मृत्यु भएको भन्ने हल्ला गलत भएको जनाएको हो । ज्वरो आउँने र टाउको दुख्ने समस्या भएपछि जेठ १ गते उनी रुपन्देहीको तिलोत्तमा–५ ...
प्रदेश १ का तीनसहित १३ जिल्लामा थपिए २७ कोरोना संक्रमित

प्रदेश १ का तीनसहित १३ जिल्लामा थपिए २७ कोरोना संक्रमित

बिराटनगर । मंगलबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नं.१ का झापा, मोरङ र सुनसरीसहित मुलुकभरका १३ जिल्लाका २४ जना पुरुष र ३ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापामा ९ जना, मोरङमा १ जना, सुनसरीमा १ जनामा संक्रमण देखिएको छ । त्यस्तै कपिलबस्तुमा ४ जना, काठमाडौंमा ३ जना, सर्लाहीमा २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तैगरी भक्तपुर, मकवानप...
सुनसरी र खोटाङमा पनि भेटिए कोरोना संक्रमित, संक्रमितको संख्या ३७५ पुग्यो

सुनसरी र खोटाङमा पनि भेटिए कोरोना संक्रमित, संक्रमितको संख्या ३७५ पुग्यो

बिराटनगर । सोमबार साँझ थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरी, खोटाङ, झापा, धनुषा, बाँके र दैलेखमा कोरोना संक्रमित भेटिएका हुन । बाँकेमा १२ जना, धनुषामा २ जना र सनुसरी, खोटाङ, झापा र दैलेखका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, कोशी अस्पताल बिराटनगर, भेरी अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगश...
अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा मन्त्रीपरिषद्बाट स्वीकृत

अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा मन्त्रीपरिषद्बाट स्वीकृत

काठमाडौँ । भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नयाँ नक्सा सोमबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । मन्त्रिपरिषद्मा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नयाँ नक्सा प्रस्तुत गरेकी थिइन् । नयाँ नक्सामा भारतले अतिक्रमण गरेको नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा पनि समावेश छ ।
एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सोमबार एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहान ९ जना र दिउँसो ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दिउँसो बाँकेका ४७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै मोरङ, गुल्मि, धादिङ, दाङ, रौतहट र धनुषाका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि बिहान रौटहटका ८ जना र बाराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । एकैदिन ...
कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु, श्रीमानसहित परिवारमा देखिएन संक्रमण

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु, श्रीमानसहित परिवारमा देखिएन संक्रमण

काठमाडौं । कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी युवतीले जन्माएको नवजात शिशु र श्रीमानसहित परिवारका सदस्यमा पनि कोरोना संक्रमण नभएको पाईएको छ । संक्रमित सुत्केरी महिलाको मृत्यु भएपछि नवजात शिशु, श्रीमानसहित परिवारका ५ जना सदस्यको स्वाब संकलन गरी पीसीआर बिधिबाट परीक्षण गरिएको थियो । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका पाँच सदस्यमा...
थप ९ जनामा कोरोना संक्रमण पुष्टि

थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सोमबार बिहान थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा रौतहटका ८ जना र बाराका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रौतहट ईशनाथ नगरपालिकाका ७ जना, माधवनारायण नगरपालिकाका १ जना र बाराको करैयामाईका १ जनामा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दि...
error: Content is protected !!