विद्युत् चुहावटबाट ३१ लाख राजश्व सङ्कलन
बनेपा । काभ्रेपलाञ्चोकमा विद्युत् चुहावटबाट कूल रु ३१ लाख ५७ हजार राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७३/७४ मा मण्डनदेउपुर, उग्रचण्डीनाला, नमोबुद्ध नगरपालिकालगायत ग्रामीण भेगमा भएको विद्युत् चुहावटबाट सो राजश्व संकलन भएको हो । यस अवधिमा विद्युत् चोरीको आरोपमा ४९ जना पक्राउ परेर राजश्व तिरी थुनामुक्त भएका छन् ।
“कडाइ गरेपछि विद्युत् चुहावट कम हुँदै गएको छ”, नेपाल विद्युत् प्राधिकरण, काभ्रे वितरण क...


















