४० लाख निकालेर हिनामिना गरेको आरोपमा बैंकका दुई कर्मचारी पक्राउ
गौशाला। नक्कली चेक प्रयोग गरी सेवाग्राहीका रु ४० लाख निकालेर हिनामिना गरेको आरोपमा प्रहरीले महोत्तरी बर्दिवासस्थित राष्ट्रिय वाणिज्य बैंकका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राबा बैंक बर्दिवासका वरिष्ठ सहायकद्वय बर्दिवास नपा– ८ का ४८ वर्षीय जगदिश काफ्ले र काभ्रेपलाञ्चोक धुलिखेल नपा– ११ का ३५ वर्षीय अम्बिका पौडेल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दीपक पो...




















