थलीमा बालुवा तस्करी तीव्र

थलीमा बालुवा तस्करी तीव्र

 काठमाडौँ । वर्षामा नदीबाट बालुवा निकाल्न रोकिए पनि कागेश्वरी मनोहरा नगरपालिकास्थित वाग्मती नदी किनारबाट दिउँसो बालुवा निकाली राति ट्रकका ट्रक चोरी तस्करी भइरहेको छ ।  नगरपालिकाको वडा नं ४ थलीस्थित वाग्मती नदी किनारमा बालुवाको थुप्रो देख्न सकिन्छ । यहाँ बिहानैदेखि एक दर्जन कामदार नदीमै पसेर बालुवा निकाली रहेका भेटिन्छन् । नदीसँग जोडिएको सार्वजनिक जग्गामा रहेको बालुवाको ढिस्कोबाट पनि बालुवा ...
धनकुटा र तेह्रथुममा सडक निर्माणको बेथा: पैसा नदिई ठेकेदार सम्पर्कबिहीन भएपछि विचल्ली

धनकुटा र तेह्रथुममा सडक निर्माणको बेथा: पैसा नदिई ठेकेदार सम्पर्कबिहीन भएपछि विचल्ली

धनकुटा, १९ भदौ । धनकुटा र तेह्रथुमका बिभिन्न सडक मर्मतको करिव अढाई करोड रकम भुक्तानी नगरी निर्माण कम्पनीका पदाधिकारी सम्पर्क बिहिन भएको भन्दै पीडितहरुले आन्दोलन थालेका छन । सडक मर्मतको जिम्मा लिएको काठमाडौं स्थित वाईपी कन्ट्रक्सन विरुद्ध पीडित पेटी ठेकेदार, कामदार, पेट्रोल पम्प सञ्चालक, होटल ब्यावसायी, ब्यापारी लगायतले संयुक्त रुपमा आन्दोलन सुरु गरेका हुन । रकम भुक्तानीको माग गर्दै उनीहरुले सिध...
जिपको ठक्करबाट एकको मृत्यु, एक घाइते

जिपको ठक्करबाट एकको मृत्यु, एक घाइते

जितपुर।  जिपले ठक्कर दिँदा कपिलवस्तुमा आज बिहान एकजनाको ज्यान गएको छ । तौलिहवा जितपुर सडकखण्डको थुमुवा नजिक लु१च ४५०१ नंको जिपले पैदल यात्रीलाई ठक्कर दिँदा कपिलवस्तु नगरपालिका–६ ब्रमेली टोल निवासी ६० वर्षीय यमलाल चुदालीको ज्यान गएको हो । तौलिहवाबाट जितपुर आउँदै गरेको जिपको ठक्करबाट गम्भीर घाइते भएका चुदालीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो । जिपले सा...
होसियार! इन्टरनेटमा भाइरल बन्दैछ आत्महत्या गराउने खतरनाक गेम

होसियार! इन्टरनेटमा भाइरल बन्दैछ आत्महत्या गराउने खतरनाक गेम

एजेन्सी। भारतको मध्यप्रदेशमा एक किशोरले रेलको ट्र्याकमा आत्महत्या गरे। ११ कक्षामा अध्ययनरत सात्विक पाण्डे नामका ती किशोर रेलको ट्र्याकमा घुँडा टेकेर बसेका थिए। तीव्र गतिमा आएको रेलले उनको शरीर टुक्राटुक्रा पारिदियो। सिसीटिभीमा कैद भएको यो घटना शनिबार रातिको हो। सात्विक बुबाआमाको एक्लो छोरा थिए। अभिभावकले उनलाई कुनै कुराको कमी हुन दिएका थिएनन्। तर एक्कासि आफ्नो छोराले आत्महत्या गरेको खबरले बुबाआ...
सरकारको ध्यान निर्वाचन सँगसँगै मुलुकलाई समृद्ध बनाउनेतर्फ केन्द्रीतः प्रम

सरकारको ध्यान निर्वाचन सँगसँगै मुलुकलाई समृद्ध बनाउनेतर्फ केन्द्रीतः प्रम

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न सबै तहको निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज, कर्मचारी र सुरक्षा निकायको सक्रिय सहयोगको अपेक्षा गरेका छन् । प्रधानमन्त्री देउवाले आसन्न सबै तहको निर्वाचन सम्पन्न गर्नु संविधान कार्यान्वयनको महत्वपूर्ण आधार रहेको पनि स्पष्ट पारे । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित राष्ट्रिय विकास समस्या समाधा...
भारतकाे सरकारी अस्पतालमा ४९ बालबालिकाको मृत्यु

भारतकाे सरकारी अस्पतालमा ४९ बालबालिकाको मृत्यु

नयाँ दिल्ली । उत्तरी भारतीय राज्य उत्तर प्रदेशको सरकारी अस्पतालामा ४९ बालबालिकाको मृत्यु भएको छ । एक महिनाको समयावधीको यो घटना अक्सिजन र औषधीको कमीबाट भएको सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन । अक्सिजन र औषधीको कमीबाट उत्तर प्रदेशको फारुक्खाबाद जिल्लामा रहेको राम मनोहर लोहिया राजकिया चिकित्सालय (अस्पताल) मा रहेका बालबालिकाको मृत्यु भएको बताइएको छ । अस्पतालको नवजात शिशु विशेष हेरचार एकाइमा ३...
दुईपक्षबीच झगडा,ह्यामरले हान्दा एकको मृत्यु

दुईपक्षबीच झगडा,ह्यामरले हान्दा एकको मृत्यु

मेलम्ची।  सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–३ पाल्चोकमा दुईपक्षबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ । जयबागेश्वरी माध्यमिक विद्यालयको निर्माणाधीन भवनमा मजदुरीको काम गर्ने सुजन चौधरी र विशाल चौधरीबीच झगडा हुँदा गएराति विशाल चौधरीको मृत्यु भएको हो । अध्यधिक मादक पदार्थ सेवन गरेका दुवैबीच सामान्य भनाभनपछि बर्दिया जिल्ला बारा बर्दिया नगरपालिका–७ स्थायी घर भएका १८ वर्षीय सुजन चौधरीले ह्याम...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौ। नेपाली बजारमा सोमबार सुनको भाउ ५७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलाको ५६ हजार ८ सय रुपैयाँ रहेको सुनका भाउ आज तोलामा २ सय रुपैयाँ बढेर ५७ हजार रुपैयाँ पुगेको हो । आज तेजावी सुनको भाउ प्राित तोला ५६ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन तेजावी सुनका भाउ तोलाको ५६ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ प्रति तोला ७ सय ८५ रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनु...
राज्यको सम्पत्तिमा जिसस तनहुँका कर्मचारीको रजाईँ, अनावाश्यक सुविधा लिँदै

राज्यको सम्पत्तिमा जिसस तनहुँका कर्मचारीको रजाईँ, अनावाश्यक सुविधा लिँदै

तनहुँ। जिल्ला समन्वय समिति स्वामित्वको मालपोत लाइनस्थित तीनवटा आवास गृहमा जिल्ला समन्वय समितिका कर्मचारीहरुले रजाई गर्दै आएका छन् । बाह्य जिल्लाबाट आएका कर्मचारीहरुको आवास गृहमा स्थानीय कर्मचारीहरुले नै हालीमुहाली गरेका हुन् । उक्त कार्यालयमा कार्यरत कार्यालय सहयोगीदेखि वरिष्ठ अधिकृतस्तरका कर्मचारीहरुले सेवा सुविधा लिँदै आएका छ्न् । उक्त कार्यालयमा कार्यरत ४१ जना कर्मचारीमध्ये १७ जना स्थान...
आइफोन ८ सेप्टेम्बर १२ मा बजारमा आउने

आइफोन ८ सेप्टेम्बर १२ मा बजारमा आउने

 क्यालिफोर्निया।  एप्पल विश्वकै एक प्रतिष्ठित र लोकप्रिय ब्रान्डमा पर्छ। बर्तमान समयमा आइफोनको क्रेज विश्वमा नै छ। कुनै पनि नयाँ मोडलका आइफोन बजारमा आउँदा त्यो विश्वमै चासोको विषय बन्छ। आइफोनका हरेक नयाँ मोडल सार्वजनिक भएसँगै अर्को मोडल कस्तो आउने हो भन्नेमा समेत चर्चा सुरु हुन्छ। एप्पल कम्पनीले सेप्टेम्बर १२ मा आइफोन ८ बजार ल्याउने भएको छ। आइफोन सेभेन पड्किएको दाबी कतिपय प्रयोगकर्ताहरू गर्न था...
विश्वकपमा छनौट हुने पहिलो युरोपेली टोली बन्यो बेल्जियम

विश्वकपमा छनौट हुने पहिलो युरोपेली टोली बन्यो बेल्जियम

बेल्जियम । ग्रिसलाई हराउँदै बेल्जियम सन् २०१८ को विश्वकपमा छनौट हुने पहिलो युरोपेली टोली बनेको छ । आयोजक रसियासँगै बेल्जियम विश्वकपको समूह चरणमा प्रवेश गरेको हो । दोस्रो हाफको खेलमा पाँच मिनेटको अन्तरालमा तीन गोल भएको थियो । जसमा बेल्जियम २–१ ले विजयी बन्न सफल रह्यो । खेलको ७० औँ मिनेटमा जान भर्टोगेनले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए पनि तीन मिनेटपछि जेकाले गोल गर्दै खेल बराबरीमा ल्याए । त...
मिटरमा जान नमान्ने ट्याक्सीलाई कारबाही

मिटरमा जान नमान्ने ट्याक्सीलाई कारबाही

काठमाडौ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मिटरमा जान नमान्ने ३८ ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । महाशाखाबाट सिभिलमा खटिएको टोलीले आइतबार यात्रुलाई गन्तव्यमा पु¥याउन नमान्ने, बढी भाडा लिई यात्रु बोक्ने साथै अनेक बहाना बनाइ यात्रुलाई सेवा दिन नमान्ने ट्याक्सीलाई कारबाही गरेको हो । महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले यात्रुलाई बाटोमा अलपत्र बनाएर अनेक बहाना बनाएर सेव...
एक वर्षदेखि तलबविहीन अवस्थामा पढाउँदै शिक्षक

एक वर्षदेखि तलबविहीन अवस्थामा पढाउँदै शिक्षक

कञ्चनपुर ।कञ्चनपुरको शुक्लाफाँटा–४ मा रहेको कालिका माध्यमिक विद्यालयलका निजी स्रोतमा कार्यरत शिक्षकले एक वर्षदेखि बिनातलब अध्यापन कार्य गर्दै आएका छन् । विद्यालयसँग आर्थिक अभाव हुँदा शिक्षकले तलब पाउन नसकेका हुन् । तलब नपाउनेमा आधारभूत तहका दुई, माध्यमिक तहका एक र एक जना परिचरलेसमेत तलब पाउन नसकेको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर चन्दले बताए । “निजी स्रोतका शिक्षकलाई मात्रै तलबवापत रु...
उत्पादन क्षेत्रमा अहिलेसम्मकै ठूलो विदेशी लगानी भित्रियो

उत्पादन क्षेत्रमा अहिलेसम्मकै ठूलो विदेशी लगानी भित्रियो

काठमाडौ। नेपालको उत्पादनमूलक क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो विदेशी लगानी भित्रिएको छ । चीनको होङ्सी समूहले नेपालको सिमेन्ट उद्योगमा झन्डै २६ अर्ब रुपैयाँ लगानी गर्ने भएको हो । यो नेपालको उत्पादनमूलक क्षेत्रमा भित्रिएको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रत्यक्ष विदेशी लगानी भएको लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । होङ्सी र नेपाली व्यवसायीको संयुक्त लगानी रहेको ...
‘सरकारी अस्पतालको उपचारमा विश्वास गरौँ : स्वास्थ्यमन्त्री पोखरेल

‘सरकारी अस्पतालको उपचारमा विश्वास गरौँ : स्वास्थ्यमन्त्री पोखरेल

काठमाडौँ। स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सरकारी अस्पताललाई विश्वास गरी सबै खाले व्यक्तिले उपचार गराएर सक्षम बनाउनुपर्ने बताउनुभएको छ । मौसमी रुघाखोकीको समस्या देखिएपछि करिब एक साता वीर अस्पतालमा उपचार गराएर आज घर फर्किनुभएका मन्त्री पोखरेलले भन्नुभयो, ‘‘मन्त्री हुनु पहिले पनि मैले वीरमा भर्ना भएरै उपचार गराएको छु, सरकारी अस्पतालले गुणस्तरीय सेवा दिन्छन् भन्ने विश्वास लिएर आएको थिएँ त्...
नेसनल मेडिकल कलेज बन्द गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

नेसनल मेडिकल कलेज बन्द गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं। स्वास्थ्य मन्त्रालयले अस्पताल सञ्चालन अनुमतिबिनै सम्बन्धन पाएको घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल कलेज शिक्षण अस्पताल बन्द गर्ने निर्णय गरेको छ । सञ्चालन अनुमति नलिई र अन्य आवश्यक पूर्वाधार पूरा नगरी अस्पताल चलाएको भन्दै बन्द गराउन स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालय र स्थानीय प्रशासनलाई पत्राचार गर्ने निर्णय गरेको हो । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले केही दिनअघि गठित अनु...
भरतपुर काण्ड दोहरिन नदिने ओलीको दावि

भरतपुर काण्ड दोहरिन नदिने ओलीको दावि

चितवन। नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब भरतपुर काण्ड दोहरिन नदिने बताएका छन् । आइतबार एमाले निकट अखिलको केन्द्रीय समिति र राष्ट्रिय परिषदको तीन दिने विस्तारित भेलालाई चितवनमा सम्बोधन गदै ओलीले भने, ‘भरतपुर दोहरिन दिँदैनौं, मतपत्र च्यात्न दिँदैनौं।’ ओलीले शेरबहादुर देउवा नेतृत्वको  सरकारलाई बाह्य शक्तिबाट चलेको आरोप लगाए ।  ओलीले माओवादीले ०६४ मा जित्नुको भवितव्य भएको दाबी गर्दै  अब त्य...
कर्मचारी इमान्दार भए भ्रष्टाचार रोकिन्छ : ओली

कर्मचारी इमान्दार भए भ्रष्टाचार रोकिन्छ : ओली

चितवन।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनतालाई सेवा दिन निजामती कर्मचारीले इमान्दार भएर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठन चितवनले निर्माण गरेको शहिद मनोज–झपेन्द्र स्मृति सभाकक्षको उद्घाटन गर्दै उहाँले कर्मचारी इमान्दार भएमा भ्रष्टाचार निर्मूल हुन्छ भन्दै कर्मचारी सामान्य कर्तव्यमा मात्रै नभएर अनिवार्य कर्तव्यमा जुट्नुपर्ने बताउनुभयो । जिससको जग्गामा संगठनको भ...
अर्घाखाँची गिद्धको बासस्थानका रुपमा विकसित

अर्घाखाँची गिद्धको बासस्थानका रुपमा विकसित

अर्घाखाँची।  लुम्बिनी अञ्चलको पहाडी जिल्ला अर्घाखाँची गिद्धको बासस्थानका रुपमा विकसित हुन थालेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका जंगल तथा पहरामा पाँच प्रजातिका गिद्ध पाइएका छन् । मरेका जनावरलाई आहारा बनाई पारिस्थितिक प्रणलीलाई सन्तुलनमा राखी पर्यावरणलाई जोगाउन यसको निकै ठूलो योगदान रहन्छ । आफैँ शिकार नगर्ने तर मरेका जनावरको सिनो मात्र खाने गिद्धले प्रदूषित र दुर्गन्धित वातवरणलाई स्वच्छ र...
रूघाखोकीग्रस्त बिरामी मध्ये आधा जतिमा स्वाइन फ्लुको संक्रमण देखियो, कसरी जोगिने ?

रूघाखोकीग्रस्त बिरामी मध्ये आधा जतिमा स्वाइन फ्लुको संक्रमण देखियो, कसरी जोगिने ?

मुलुकमा रूघाखोकीको समस्याबाट ग्रस्त बिरामीमध्ये इन्फ्लुएन्जा ए (एच१एन१) परीक्षण गराउनेमा करिब आधा जतिमा स्वाइन फ्लुको संक्रमण भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अगस्ट महिनामा संकलन गरिएको शंकास्पद इन्फ्लुएन्जा ए(एच१एन१) का नमुनामध्ये आधा जतिमा स्वाइन फ्लु देखिएको हो । प्रयोगशालामा पछिल्लो ३० दिनमा रुघाखोकीका विरामीको एक हजार ३७ नमुना संकलन गरिएकोमध्ये ४ सय ८५ जनामा स्वाइन फ्लु द...
बाढीपीडितलाई जापानबाट आर्थिक सहयोग

बाढीपीडितलाई जापानबाट आर्थिक सहयोग

पथरी। मोरङको बक्राहा खोलाको बाढीबाट विस्थापित भएका पीडित परिवारलाई जापानबाट आर्थिक सहयोग प्रदान गरिएको छ । बाढीबाट विस्थापित भएका उर्लाबारी–८ बगरेटोलका १४ सन्थाल परिवारलाई जापानबाट त्यहाँ काम गर्दै आएका नेपालीले नगद रु २८ हजार रकम पठाएर सहयोग प्रदान गरेका हुन् । राजघाट–५ रानाटोल घर भई मगर सङ्घ क्षेत्रीय कमिटी जापानकी कोषाध्यक्ष ममता राना मगरको अगुवाइमा आर्थिक सहयोग गरिएको हो । एक घर बराबर दुई ह...
साउदीमा छोराको मृत्युपछि परिवार शोकमा, शव अझै आएन

साउदीमा छोराको मृत्युपछि परिवार शोकमा, शव अझै आएन

जितपुर। वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका कपिलवस्तुकोे वाणगंगा नगरपालिका–९ भर्तापुरका ३० वर्षीय भीमबहादुर पछाईकोे मृत्युपछि परिवार शोकमा डुबेको छ । साउदीको सबकातुइन्सा कम्पनीमा कार्यरत पछाईको कामबाट कोठामा फर्कने क्रममा दुर्घटनामा परी मृत्यु भएको हो । गत साउन ५ गते मृत्यु भएका पछाईको शव अहिलेसम्म नेपाल नआउँदा परिवार अझ चिन्तित बनेका छन् । घटना भएकोे अघिल्लो दिनसम्म फोनमा राम्रै कुराकान...
आज बकर इद (इदुल जोहा), राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको शुभकामना

आज बकर इद (इदुल जोहा), राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको शुभकामना

काठमाडौ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ । यस अवसरमा दरबारमार्गस्थित ...
उत्तर कोरियामा भुइँचालोः छैटौं परमाणु परिक्षणको नतिजा !

उत्तर कोरियामा भुइँचालोः छैटौं परमाणु परिक्षणको नतिजा !

एजेन्सी ।उत्तर कोरियामा एउटा ठूलो भूकम्पको झ्टका मापन गरिएको छ । उत्तर कोरियाले आफ्नो छैटौं परमाणु परिक्षण गरेको अनुमान गरिएको छ । अमेरिकी भूगर्भविद्का अनुसार ६.३ तिब्रताको उक्त भूकम्प कुनै परमाणु परिक्षणपश्चातको हो । जुन इलाकामा भूकम्प मापन गरिएको छ त्यहाँ उत्तर कोरियाले पहिले नै परमाणु परिक्षण गरिसकेको छ । घटना हुनु केही घण्टा अघिमात्र उत्तर कोरियाली नेता किम जोंग उनको एक परमाणु बमसँगको तस...
सीमांकन सच्याइने छः ओली

सीमांकन सच्याइने छः ओली

चितवन। एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीमाथि निर्ममतापूर्वक कारबाही हुनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भ्रष्टाचार राज्यशक्तिको दुरुपयोग यसकै संरक्षणमा भइरहेको आरोप लगाए । नेपालको संसद्मा दुई दिनअघि भएको निर्णयको प्रधानमन्त्रीले भारतमा पुगेर खिल्ली उडाएको पनि उनले बताए । सीमांकनका विषयमा असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिप...
सरकारको निर्देशन बेवास्ता गर्दै रोहिन्ग्यालाई शरण दिँदै बंगलादेश प्रहरी

सरकारको निर्देशन बेवास्ता गर्दै रोहिन्ग्यालाई शरण दिँदै बंगलादेश प्रहरी

ढाका । सरकारी निर्देशन लत्याउँदै बंगलादेशको प्रहरीले म्यानमारबाट भागेर आइरहेका रोहिन्ग्या मुस्लिमहरुलाई देशमा प्रवेश गर्न दिइरहेको  छ । कोक्स बाजारका अनुसारहजारौँको संख्यामा रोहिन्ग्या मुस्लिम समूदाय म्यानमारबाट बंगलादेश प्रवेश गरिरहेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार शरणार्थीहरुको संख्या ५८ हजारभन्दा माथि पुगेको छ । म्यानमारको अल्पसंख्यक रोहिन्ग्या मुस्लिम समूदाय बसोबास गर्ने रखाइन राज्यमा...
खम्बामा टाँगिएका अव्यवस्थित तार काट्न शुरु

खम्बामा टाँगिएका अव्यवस्थित तार काट्न शुरु

काठमाडौँ। सडकका खम्बामा अव्यवस्थितरूपमा टाँगिएका केबल र टेलिफोनका तारलाई व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणले तार काट्न शुरु गरेको छ । बिजुलीका तार, टेलिफोनका तार र अन्य केबलका तारसमेत एउटै खम्बा पोलमा राखिएको हुँदा शहर अत्यन्त कुरुप देखिएको, असुरक्षा बढ्दै गएको र राजश्वसमेत हिनामिना भएको भन्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले माइतीघरस्थित खम्बामा टाँगिएका अव्यवस्थित तार का...
हत्या अभियोगमा श्रीमान्–श्रीमती नै जेल चलान

हत्या अभियोगमा श्रीमान्–श्रीमती नै जेल चलान

काठमाडौं । कृषि फार्म सञ्चालकको हत्या आरोपमा दम्पती जेल चलान भएका छन् । ललितपुरको ठेचोस्थित अर्गानिक एग्रोभेटका सञ्चालक मेघनाथ भुसालको हत्या अभियोगमा पक्राउ परेका कान्छीमाया तामाङ र उनका श्रीमान् मानबहादुर तामाङलाई बुधबार जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । चक्कुले हानेर १८ साउनमा उनीहरूले भुसालको हत्या गरेका थिए । हत्या अझै रहस्यमै ? १८ साउनको दिउँसो ललितपुरक...
नारा नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा

नारा नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा

काठमाडौ।नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज नारा को आगामी नेतृत्वका लागि आकांक्षी व्यवसायीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । यही भदौ २० गते हुने नाराको २९ औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रममा अध्यक्ष पदमा प्रत्यासीको संख्या बढेपछि सहमतिमा नेतृत्व चयनका लागि पहल भइरहेको नाराका अध्यक्ष चन्द्र दाहालले बताउनुभयो । उहाँका अनुसार पाँचजना आकांक्षीमध्ये सहमतिको प्रयासबाटै अहिले दुई जना नि...
गोलभेँडा खेतीबाट मनग्य आम्दानी

गोलभेँडा खेतीबाट मनग्य आम्दानी

पाल्पा। रैनादेवी गाउँपालिका–५ मुझुङ्गका सन्तोष बम्रेलले भाडाको जग्गामा गरेको गोलभेडा खेतीबाट वार्षिक रु १० लाख आम्दानी गर्दै आएको छ । “गोलभेँडा खेती गर्न भाडामा लिएको झण्डै १५ रोपनी जग्गाका लागि वार्षिक रु पचास हजार तिर्नुपर्छ,” बम्रेलले भन्नुभयो,– “गोलभेँडा खेतीमा श्रम र पसिना पोखे विदेशमा भन्दा बढी आम्दानी यहाँ नै लिन सकिन्छ ।” गोलभेँडा खेतीबाट अहिले रु १० लाखसम्म आम्दानी गर्न सफल भएको उह...
आंशिक प्राध्यापकको प्रधानमन्त्री निवास बाहिर प्रदर्शन

आंशिक प्राध्यापकको प्रधानमन्त्री निवास बाहिर प्रदर्शन

काठमाडौं। करार नियुक्ति पाउनुपर्ने लगायत माग गर्दै आन्दोलन गरिरहेका त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले आजदेखि प्रधानमन्त्री निवास बाहिर प्रदर्शन गर्न थालेका छन् । लगातारको आन्दोलन र धर्नालाई सरकारले वेवास्ता गरेकाले त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउन बालुवाटार बाहिर प्रदर्शन गर्न शुरु गरिएको त्रिवि आंशिक प्राध्यापक संघका अध्यक्ष...
error: Content is protected !!