बालिका हत्याका अभियुक्त हरियाणाबाट पक्राउ

बालिका हत्याका अभियुक्त हरियाणाबाट पक्राउ

भीमदत्तनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनामा १० वर्षीया बालिकाको हत्या गरी फरार रहेका अभियुक्त भारतको हरियाणाबाट पक्राउ परेका छन् । भीमदत्त नगरपालिका मटेनाका १० वर्षीया बालिका शीतल विष्टको गत साउन २२ गते घाँटी च्यापेर हत्या गरी स्थानीय गौताडी खोलामा बाढीमा बगेको भनी घटना मोड्न खोजेका स्थानीय ३० वर्षीय अभियुक्त हीरासिंह ऐरीलाई प्रहरीले हालै भारतको हरियाणाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी क...
पोखरीमा डुबेर वृद्धको मृत्यु

पोखरीमा डुबेर वृद्धको मृत्यु

चितवन । जिल्लाको माडीमा गएराति पोखरीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । माडी नगरपालिका–३ निवासी ७५ वर्षीय सीताराम महतोकोे घरबाट केही पर सोहीे वडामा रहेको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रातिदेखि हराइरहेका महतोको शव आज बिहान पोखरीमा फेला परेको प्रहरीले जनाएको छ ।
नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ।  नेपाल र पश्चिम अफ्रिकी मुलुक लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै विश्वका एकसय ५० राष्ट्रसँग नेपालको द्विपक्षीय सम्बन्धको दायरा विस्तार भएको छ । संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र सोही विश्वसंस्थाका लागि लाइबेरियाका स्थायी प्रतिनिधि लिविस जी ब्राउनले दुई देशबीच दौंत्य सम्बन्ध स्थापनासम्बन्धी संयुक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । न्य...
बाढीप्रभावितलाई राहत वितरण, महामारी फैलने सम्भावना

बाढीप्रभावितलाई राहत वितरण, महामारी फैलने सम्भावना

गौशाला। बाढीबाट अतिप्रभावित महोत्तरी जिल्लाका बाढीपीडितलाई राहत वितरण गरिएको छ । जिल्ला दैवीप्रकोप उद्धार समिति, महोत्तरीका अनुसार बलवा गाउँपालिका–४ बदियाबन्चौरीका १४५ घर परिवार, पिपरा गाउँपालिका २, ३ र ४ का २५८ घर परिवार, मटिहानी गाउँपालिकाका २०० घर परिवार, जलेश्वर कारागारका ३८२ कैदी र जलेश्वर नगरपालिका–१० का १२५ घर परिवारलाई राहत वितरण गरिएको छ । उनीहरुलाई चिउरा, भुजा, चाउचाउ, दालमोठ, भुजिया...
‘हरेरी पूजा’ संरक्षण गर्न हरेरी महोत्सव

‘हरेरी पूजा’ संरक्षण गर्न हरेरी महोत्सव

कैलाली। सूदुपश्चिमका तराईमा बसोबास गर्दै आएका संस्कृतिका धनी आदिवासी राना चौधरीको सामूहिक रुपमा गरिने ‘हरेरी पूजा’ धनगढी उपमहानगरपालिका –५ को जाइँमा एक महोत्सवका रुपमा बिहीबारदेखि शुरु भएको छ । हरेरी महोत्सव मूल आयोजक समिति धनगढीद्वारा आयोजित उक्त महोत्सवको उद्घाटन धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले गरे । उद्घाटनका क्रममा प्रमुख वडले कैलाली, कञ्चनपुरलगायतका क्षेत्रमा बसोबास गर्ने विभि...
अक्सफामको गोदाममा म्याद गुज्रिएका राहत सामग्री

अक्सफामको गोदाममा म्याद गुज्रिएका राहत सामग्री

नुवाकोट। भूकम्पपीडितलाई राहत वितरण र जीविकोपार्जनमा सहयोग पु¥याउन नुवाकोटमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था अक्सफामको गोदाममा रहेका राहत सामग्रीको म्याद गुज्रिएको छ । नुवाकोटमा कार्यालय नै राखेर सञ्चालनमा रहेको अक्सफामको बट्टारस्थित गोदामघरमा रहेका मञ्जन, लुगा धुने र नुहाउने साबुन, सिमेन्टलगायतका राहत सामग्रीको म्याद सकिएको भेटिएको हो । जिल्लाका साविक नौ गाविसमा क्रियाशील रहेको संस्थाले भूकम्पप...
सहयोगीका भरमा छोटी भन्सार

सहयोगीका भरमा छोटी भन्सार

कञ्चनपुर । नायब सुब्बाको दरबन्दी रहेको कञ्चनपुरको बेलौरी नगरपालिकास्थित छोटी भन्सार कार्यालय सहयोगीका भरमा सञ्चालन हुँदै आएको छ । नायब सुब्बा काज सरुवा मिलाएर अन्यत्र जाने गरेका कारण भन्सार कार्यालय सहयोगीले सञ्चालन गर्दै आएका हुन् । दरबन्दी अनुसार कर्मचारी नहुँदा भन्सार कार्यालयले न्यून राजश्व संकलन गर्दै आएको छ । कार्यालयमा एक्लै बस्ने भएकाले असुरक्षा हुँदा सन्तोषजनकरुपमा राजश्व उठाउन नसकेको...
अज्ञात रोगले एउटै गाउँका दुई सयभन्दा बढी बिरामी

अज्ञात रोगले एउटै गाउँका दुई सयभन्दा बढी बिरामी

रुकुम । जिल्लाको आठविसकोट नगरपालिका–३, खदीमा अज्ञात रोगका कारण २०० बढी स्थानीयवासी बिरामी परेका छन् । हप्ता दिनयता उनीहरु धमाधम बिरामी परिरहेको स्थानीयवासीले जानकारी दिएका छन् । टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, बान्ता हुनेजस्ता लक्षणका कारण गाउँका धेरैजसो बासिन्दा बिरामी परेको स्थानीयवासी कल्पना बुढाथोकीले जानकारी दिए । “भिन्नभिन्न खालका बिरामी दैनिकरुपमा बढ्दै गएका छन्,” उनले भने । बिर...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं।नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ५५ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाल सुन तोलाको ५५ हजार रुपैयाँमा कारोवार भएको थियो । यस्तै, आज तेजावी सुनको भाउ प्रतितोला ५५ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन तेजावी सुनको भाउ प्...
वाणिज्यदूत ढकालद्वारा इण्डोनेशियाको झण्डोत्तलन

वाणिज्यदूत ढकालद्वारा इण्डोनेशियाको झण्डोत्तलन

काठमाडौं।नेपालका लागि ईण्डोनेशियाका अवैतनिक वाणिज्यदुत चन्द्र प्रसाद ढकालले बिहीबार वाणिज्यदुतको कार्यालय आईएमई कम्प्लेक्स परिसरमा इण्डोनेशियाको झण्डोत्तलन गरेका छन् । गणतन्त्र ईण्डोनेशियाको ७२औं स्वतन्त्रता दिवसको अवसरमा झण्डोत्तलन गरिएको हो । कार्यक्रममा नेपालमा बसोबास गरिरहेका  ईण्डोनेशियन नागरिक, वाणिज्यदुत कार्यालयका कर्मचारी तथा आइएमई ग्रूपमा कार्यरत कर्मचारी सहभागिी थिए । नेपाल र गणतन्त्...
प्रधानमन्त्रीद्वारा बाढीग्रस्त क्षेत्रको अवलोकन, नगद सहयोग वितरण

प्रधानमन्त्रीद्वारा बाढीग्रस्त क्षेत्रको अवलोकन, नगद सहयोग वितरण

नेपालगञ्ज। प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीका कारण मृत्यु भएका बाँके जिल्लाका राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका तीनजना बालिकाका परिवारलाई आज नगद सहयोग वितरण गर्नु भएको छ ।   जिल्लाको सो गाउँपालिकाको कमैया डाँडामा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले मृतक तीनजना बालिकाका बुबा कमिलाल थारुलाई रु छ लाखको चेक हस्तान्तरण गर्नुभयो । सरकारले बाढीपहिरोमा मृत्यु भएका प्रत्येक प...
ममाथि अत्याचार भयो : रोनाल्डो

ममाथि अत्याचार भयो : रोनाल्डो

म्याड्रिड । रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफूमाथि पाँच खेलको प्रतिबन्ध लगाइनु अत्याचार भएको बताएका छन् । स्पेनिस सुपरकपमा बार्सिलोनाविरुद्ध ३–१ को जीत निकाल्दा रोनाल्डोले रातो कार्ड पाएका थिए । उनलाई दुई पहेँलो कार्डका लागि एक खेल तथा रेफ्रीलाई धकेलेको कारण थप चार खेलमा प्रतिबन्ध लगाइएको थियो । उनले एउटा पहेँलो सर्ट खोले बापत र अर्को डाइभ गरेको आरोपमा पाएका थिए । ३२ वर्ष...
सबैभन्दा शक्तिशाली एन्ड्रोइड स्मार्टफोन नोकिया ८ सार्वजनिक

सबैभन्दा शक्तिशाली एन्ड्रोइड स्मार्टफोन नोकिया ८ सार्वजनिक

एजेन्सी । फिनल्याण्डको कम्पनी एचएमडी ग्लोबलले लण्डनको एक कार्यक्रममा आफ्नो फ्ल्यागशिप स्मार्टफोन नोकिया एट सार्वजनिक गरेको छ । यो दुनियाँको पहिलो एन्ड्रोइड स्मार्टफोन हो जसमा कार्ल जीस   लेन्सको प्रयोग गरिएको छ । यो अहिलेसम्मको सबैभन्दा शक्तिशाली एन्ड्रोइड स्मार्टफोन दाबी गरिएको छ । फोनमा १३ मेगापिक्सलको डुअल रियर क्यामरा दिइएको छ । दुबै क्यामरामा कार्ल जीस लेन्सको प्रयोग गरिएको छ । फोनको फ्रन...
सबै दलले संकल्प लिई राहत, उद्धार तथा पुनःस्थापनामा जुट्न प्रचण्डको आह्वान

सबै दलले संकल्प लिई राहत, उद्धार तथा पुनःस्थापनामा जुट्न प्रचण्डको आह्वान

धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ नं प्रदेशमा बाढीका कारण निकै नै क्षति भएकाले सबै दलले संकल्प लिई राहत र उद्धारमा जुट्न आह्वान गरेका छन् । आज धनुषाको मिथिलेश्वर मौवाहीमा हुन लागेको शहीद चन्देश्वर मण्डलको स्मृति दिवसका अवसरमा शालिक अनावरण कार्यक्रममा सहभागी हुन आउनुभएका पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले जनकपुर विमानस्थलमा संक्षिप्त कुराकानी गर्दै...
शाहरुखको स्टारडम खतरामा, बक्स अफिसमा अर्जुन कपूरको फिल्मसँग हारे

शाहरुखको स्टारडम खतरामा, बक्स अफिसमा अर्जुन कपूरको फिल्मसँग हारे

एजेन्सी । बक्स अफिसमा अर्जुन कपूर र अनिल कपूरको फिल्म मुबारकांको प्रतिस्पर्धा शाहरुख खानको फिल्म जब ह्यारी मेट सेजलसँग थियो । यस्तोमा मुबारकांले जब ह्यारी मेट सेजलसँग तगडा प्रतिस्पर्धा गर्नुका साथै दोस्रो हप्तामा योभन्दा निकै अघि आएको छ । ह्यारी मेट सेजलले कूल ६१.०५ करोडको कमाई गर्यो, फिल्म घाटामा गयो । यसको लागत ८० करोड भारु हो । दोस्रो हप्तामा शाहरुखको फिल्म फिल्म चल्न निकै मुश्किल मानिरहेको...
चैनपुर बाढीको जोखिममा, अभियानमा आएको बजेट व्यक्तिको पेटमा

चैनपुर बाढीको जोखिममा, अभियानमा आएको बजेट व्यक्तिको पेटमा

बझाङ। बझाङ जिल्लाको सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा रहेको छ । चैनपुरलाई जोगाउन सदरमुकाम चैनपुर बचाउ अभियानमा आएको रकमको प्रयोग भने सामान्य देखावटीरुपमा गरेपनि ठेकेदार र सरोकारवालाको पेट भर्ने बाटो मात्रै बन्दै गएको छ । बाहिरबाट हेर्दा सेती नदी र बाहुलीगाड खोलाले तीनतिरबाट घेरेर बनेको चैनपुर सानो चिटिक्कको उपत्यकाजस्तै देखिन्छ । यसै कारण यो सदरमुकाम सुदूरका पहाडी जिल्लामा सबैभन्दा मिलेको र स...
बाढीले धनुषामा थप दुईको मृत्यु

बाढीले धनुषामा थप दुईको मृत्यु

धनुषा।  अविरल वर्षासँगै आएको बाढीका कारण धनुषामा थप दुईको मृत्यु भएको छ । धनुषाको पूर्वी क्षेत्रमा पर्ने कमला सिद्धिदात्री गाउँपालिकाको माची झिट्कैया–४ स्थित पर्सा टोलका ५० वर्षीय सुदीप साहको बुधबार मृत्यु भएको छ । साह गाई भैँसीका लागि घाँस काटेर फर्किदै गरेको अवस्थामा लडेर नहरमा खस्दा मृत्यु भएको स्थानीय सुजीतकुमार मण्डलले जनाएका छन् । नहरमा खसेका साह तीव्रगतिमा चलेको पानीको भेलले बगाएर लगेको...
दुबईमा रोजगारीका लागि भन्दै दिल्ली पुर्‍याइएकी नेपाली चेली ३० जनाबाट बलात्कृत

दुबईमा रोजगारीका लागि भन्दै दिल्ली पुर्‍याइएकी नेपाली चेली ३० जनाबाट बलात्कृत

काठमाडौं। दुबईमा रोजगारी दिलाइदिने भन्दै भारतको राजधानी नयाँ दिल्ली पुर्‍याइएकी एक नेपाली चेली कम्तीमा ३० जनाबाट बलात्कृत भएकी छन् । करिब पाँच महिना अघि दुबई लैजाने भन्दै दिल्लीमा लगिएकी उनलाई वेश्यालयमा बेचिएको हो । अंग्रेजी भाषाको भारतीय अखबार ‘हिन्दूस्तान टाइम्स’ का अनुसार ती महिलालाई दिल्ली प्रहरी, दिल्ली महिला आयोग र एक गैरसरकारी संस्थाको पहलमा उद्धार गरिएको छ । जीबी रोडस्थित एक वेश्यालयमा ...
संसदको विशेष समय : भयो बाढी पहिरोकै बहस

संसदको विशेष समय : भयो बाढी पहिरोकै बहस

काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा भाग लिने अधिकांश सांसदले मुलुकका विभिन्न भागमा हालै गएको बाढी पहिरोबाट भएको जनधनको क्षति तथा राहत र उद्धारमा भएको कमी कमजोरीबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले राहतका कार्यक्रमलाई एकद्वार प्रणालीका आधारमा वितरण गर्न र राहत वितरणलाई प्रभावकारी तुल्याउन एउटा समिति गठन गर्न आवश्यक रहेको सुझाव दिनुभयो । आगामी दिनमा बाढी पहिरो नि...
ट्याङ्करको ठक्करबाट पैदल यात्रुको मृत्यु

ट्याङ्करको ठक्करबाट पैदल यात्रुको मृत्यु

हेटौँडा। चितवनको भरतपुरतर्फ जाँदै गरेको ना४ख ४६०७ नंको ट्याङ्करले हेटौँडा–नारायणघाट सडकखण्डको स्थानीय नवलपुरमा महिला पैदल यात्रुलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ नवलपुर बस्ने ४६ वर्षीया जानुकादेवी खड्का रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने ट्याङ्कर र त्यसका चालक हेटौँडा उपमहानगरपालका–११ बस्ने हिमाल बर्तौलालाई प्रहरीले...
संविधान (दोस्रो संशोधन) प्रस्ताव आज सदनमा पेश हुने

संविधान (दोस्रो संशोधन) प्रस्ताव आज सदनमा पेश हुने

काठमाडौँ  । लामो समयदेखि निकै बहस र चर्चामा रहेको नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक २०७३ आज व्यवस्थापिका–संसद्मा पेस गरिने भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसअघि उनले उक्त विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०...
भीरबाट लडेर एक महिलाको मृत्यु

भीरबाट लडेर एक महिलाको मृत्यु

नुवाकोट । नुवाकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने त्रिशूली नदीमा बगेर एक युवा बेपत्ता भएका छन् । शिवपुरी गाउँपालिका– ७ सुनखानी गुरुङगाउँका ५५ वर्षीया लालीमाया तामाङको घर नजिकैको जलेश्वर भीरबाट लडेर मृत्यु भएको छहरे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जयनारायण यादवले जानकारी दिए । हिजो साँझ घरायसी कामले त्यसतर्फ गएकी उहाँ नफर्केपछि खोजी गर्ने क्रममा आज बिहान जलेश्वर प्रावि नजिकै भीरबाट...
वीरगंजबाट हेलिकप्टर मार्फत राहत सामग्रही ढुवानी सुरु

वीरगंजबाट हेलिकप्टर मार्फत राहत सामग्रही ढुवानी सुरु

पर्सा।  मध्य तराईका डुबान प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत उपलब्ध गराउन वीरगंजबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गर्न थालिएको छ । मध्य तराईका डुबान प्रभावित तीन जिल्लाका बाढीपीडितका लागि मंगलबार वीरगंजबाट– ९ हजार किलो राहत सामग्री हेलिकप्टरमार्फत ढुवानी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लास्थित दैवीकप्रकोप उद्धार समितिले वीरगंजबाट संकलन गरेको राहत सामग्रीलाई हेलिकप्टर...
बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप बढ्न थाल्यो

बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप बढ्न थाल्यो

वीरगञ्ज। विगत केही दिन यता परेको अविरल वर्षाको कारण विभिन्न खोला तथा नदीमा आएको बाढीले पर्सा जिल्लाको दुर्गम गाउँका बाढीपीडित बासिन्दा बिरामी पर्न थालेका छन भने विभिन्न किसिमको रोगको जोखिम बढ्दै गएको छ । पर्सा जिल्लाका पश्चिम क्षेत्रमा रहेको दुर्गम गाउँ मिर्जापुर, सम्झौता, जयमंगलपुर, भिश्वा, जानकिटोला, भिखमपुर, बन्जारेलगायतका गाउँका बाढीपीडित झाडापखाला, विषमज्वरो, रुघाखोकी, श्वासप्रश्वास, जिउचि...
जंगली जनावरले बाली नष्ट गरेपछि कृषक मर्कामा

जंगली जनावरले बाली नष्ट गरेपछि कृषक मर्कामा

भक्तपुर। सूर्यविनायक नगरपालिका–८ र ९ मा पर्ने काँक्राबारी, आशापुरी, नैचाल र ठूलोबस्ती गाउँका मकैबारी जंगली बँदेलले नष्ट गरेका छन् । साथै बहुखेती प्रणालीअन्तर्गत मकैबारीभित्र लगाएको सिमी र काँक्रोसमेत मृगले खाइदिएपछि किसान चिन्तित बनेका छन् । जंगली जनावरले बाली नष्ट गरे पनि कुनै निकायले सुनुवाइ नगरेको उनीहरुले गुनासो गरेका छन् । बँदेलले विशेषगरी रातको समयमा बारीमा पसेर मकै खाने गरेको सूर्यविनाय...
ठेकेदारको लापरबाहीले बेनी–गलेश्वर सडक अलपत्र

ठेकेदारको लापरबाहीले बेनी–गलेश्वर सडक अलपत्र

म्याग्दी।  छ महिनाअघिनै सम्पन्न हुनुपर्ने बेनी–गलेश्वर सडक कालोपत्रे योजना अलपत्र बनेको छ । निर्माण व्यवसायीले अन्तिम समयमा कार्यक्षेत्र छोडेर गएपछि पिच सडकमा यात्रा गर्ने सर्वसाधारणको चाहना पूरा हुन सकेको छैन । निर्माण व्यवसायीले कालोपत्रेका लागि उपकरण जुटाउन नसकेपछि योजनामा ढिलाइ भएको हो । सडक डिभिजन कार्यालय बागलुङले बेनी–गलेश्वर सडक कालोपत्रे गर्न २०७२ साउनमा बिरुवा विशाल एण्ड विराट जेभीसँ...
चकलेट किन्न पठाएर बलात्कार, त्यसपछि हत्या

चकलेट किन्न पठाएर बलात्कार, त्यसपछि हत्या

जनकपुरधाम । जनकपुरमा एक १२ वर्षीया बालिकालाई बलात्कारपछि निर्मम हत्या गरिएको छ । जनकपुर उपमहानगरपालिका १ मुसहरी टोलका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविका साहको बलात्कारपछि हत्या गरिएको छ । साहको घरमै डेरा गरी बस्दै आएका महोत्तरी जिल्लाको बहेडा बेला ४ निवासी ३५ वर्षीय रामचन्द्र महतोले विविकाको बलात्कारपछि हत्या गरेका हुन् ।मंगलबार घरमा आमाबुवा नभएको बेला विविका र उनकी १० वर्षीया कान्छी बहिनी पुष...
विद्यार्थी हत्याको छानबिनको माग गर्दैै क्याम्पसमा तालाबन्दी

विद्यार्थी हत्याको छानबिनको माग गर्दैै क्याम्पसमा तालाबन्दी

भीमदत्तनगर। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसको प्रशासन कक्षमा तालाबन्दी गरेको छ । शनिबार बिहान क्याम्पस परिसरमा रहेको विद्यार्थी छात्राबासमा बिएस्सी चौथो वर्षमा अध्ययनरत विद्यार्थी डम्बर जाग्रीको रहस्यमय ढंगबाट हत्या गरिएको दाबी गर्दै अखिल क्रान्तिकारीले घटनाको यथातत्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ...
रुपन्देहीमा पेट्रोल अभाव

रुपन्देहीमा पेट्रोल अभाव

लुम्बिनी । पेट्रोलियम डिलर्स एशोसियसनमा आवद्ध व्यवसायीले पेट्रोल खरिद नगरेपछि रुपन्देहीलगायत पश्चिमाञ्चल क्षेत्रमा पेट्रोलको अभाव भएको छ । बिक्रेताको बिक्रीस्थलमा डिस्पेन्सिङ पम्पबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल आयल निगमले जारी गरेको बिजकमा उल्लेख गरिएको अनुसारकै परिमाण प्राप्त हुनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका कारण बजारमा तेलको अभाव भएको हो । व्यवसायीले यही साउन २६ गतेदेखि...
सरकारी कागजात किर्ते गर्ने अभियुक्त जेल चलान

सरकारी कागजात किर्ते गर्ने अभियुक्त जेल चलान

भीमदत्तनगर ।  सरकारी कागजात किर्ते गरी भारतबाट चोरीका सवारीसाधन भित्र्याएर यातायात कार्यालयमा दर्ता गरी किनबेच गर्दै आएका कैलाली भजनीका ३७ वर्षीय गोकुलप्रसाद श्रेष्ठलाई आज पूर्पक्षका लागि कञ्चनपुर कारागारमा पठाइएको छ । जिल्ला अदालत कञ्चनपुरले अभियुक्त श्रेष्ठलाई रु २५ लाख धरौटीमा छाड्न आदेश दिएपछि श्रेष्ठले धरौटी रकम बुझाउन नसकेपछि पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । जिल्ला प्रहरी ...
कार्यकारी अधिकृतलाई कुटपिट गरेको आरोपमा एक पक्राउ

कार्यकारी अधिकृतलाई कुटपिट गरेको आरोपमा एक पक्राउ

धनुषा।  जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत अर्जुनप्रसाद सुवेदीलाई कुटपिट गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय शतिष झा रहेका छन् । जनकपुर उपमहानगरपालिकाका कर्मचारीले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको र उनीमाथि सार्वजनिक अपराधको मुद्दा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । गत साउन १७ गते एसियाली विकास बैंकको सहयोगमा सञ्चाल...
error: Content is protected !!