सिरहा। सिरहाको दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ ।
सिरहाको धनगढीमाई नगरपालिका १२ का ४० वर्षीया लाटी पुलामी मगर र लहान नपा १३ भोटीयाटोलका ४० वर्षिय विष्णु चौधरीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
दुवै शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।