नुवाकोट । शिवपुरी गाउँपालिका ७ लोहरेटोलकी सीता तामाङ शनिबार बिहान ११:४० बजे भात पस्किएर खान ठिक परेकी मात्र थिइन्। तर, एक्कैचोटी घर भत्कियो। उनले कसरी घर भत्कियो भन्ने केही थाहा पाइनन्।

उनले एक गाँस पनि भात नखादै उनको घर पुरै क्षतविक्षत भएको थियो भने दर्जनौँ यात्रु बोकेको बस उनको घरमाथि टुक्राटुक्रा भएर बज्रिएको थियो।

काठमाडौंको माछापोखरीबाट नुवाकोटको खरानीटारका लागि हिँडेको बस शिवपुरी गाउँपालिका ७ लोहोरेटोको सडकबाट तीन सय ५० मिटर झरेपछि सीताको घरमै बज्रिएको हो। खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते छन्।

बस दुर्घटना हुँदा घरमै गम्भीर घाइते भएकी अनिल तामाङकी श्रीमती ३१ वर्षीया सीताको अहिले काठमाडौको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । अाजकाे अन्नपुर्ण पाेस्टमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!