काठमाडौं।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले मुलुकको राष्ट्रिय अखण्डता र स्वाधीनताका लागि राष्ट्रिय चरित्र भएका संस्थाबीच एकताको खाँचो औँल्याएको छ ।

Advertisement

मुलुकमा भ्रष्टाचारको अन्त्य तथा रोजगारीको व्यवस्था गरी युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्नेलगायत माग राख्दै पार्टीले विहीबार गरेको मोटरसाइकल यात्राको उद्घाटन गर्दै पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राजसंस्थामा त्यस्तो विशेषता पाइने हुँदा आफ्नो दल संवैधानिक राजसंस्थाका साथै हिन्दू राष्ट्रको पक्षमा रहेको बताए ।

सो अवसरमा वरिष्ठ नेता केशरबहादुर विष्टले विश्वमा एक मात्र हिन्दू राष्ट्रका रुपमा मुलुकको पहिचान अन्तर्राष्ट्रिय तहमा रहेकामा त्यसको पुनःबहाली गर्नुपर्ने माग गरे ।

नेता गणेश शेरचन, तारानाथ लुइँटेललगायतले भ्रष्टाचार न्यूनीकरणका लागि प्रतिनिधिसभाको चुनाव प्रत्यक्ष मतदाताका आधारमा मात्र हुनुपर्ने बताए ।

यात्रामा सहभागी करिब ५०० जनाले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था कायम गर्नुपर्ने, भ्रष्टाचारीलाई दण्डित गर्नुपर्नेलगायत माग गरेका थिए ।-रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!