गुल्मी। जिल्ला प्रहरी कार्यालय गुल्मीले ठूलो परिमाणमा बिस्फोटक पर्दाथ बरामद गरेको छ । रेसुङ्गा नगरपालिका ८ का तारा श्रीसको साथबाट बिस्फोटक पदार्थ बरामद गरिएको हो।
श्रीसको साथबाट ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतली बम, एक किलोग्राम बारुद र सेफ्टिफ्युज लगायतका अवैध बिस्फोटक पदार्थ प्रहरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले जानकारी दिए।
श्रीस लु ३२ प ६६०३ नम्बरको मोटरसाइकलमा सवार थिए । प्रहरीले रेसुंगा नगरपालिका २ को प्रहरी चेकप्वाइन्टमा चेकजाँज गरेको थियो । बिस्फोटक पदार्थ र श्रीस प्रहरी नियन्त्रणमा छन् । साथै यसबारे थप अनुसन्धान समेत शुरु भइरहेको प्रहरीले जनाएको छ।