सरकारलाई केपी ओलीको प्रश्नः सत्ता पक्षलाई मात्र किन सुरक्षा ?
काठमाडौं, २८ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षका उम्मेदवारलाई मात्र सरकारले सुरक्षा दिएको आरोप लगाएका छन् ।
उनले बाम गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहेकोप्रति सरकारको उदासिनताले आफूहरुलाई आश्चर्य बनाएको समेत बताए ।
मंगलबार भोजपुरमा बाम गठबन्धनका उम्मेदवार शेरधन राईमाथि बम प्रहार भएपछि एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘पार्टीको मागका बाब...























