नोटमा भोट नसाटौँ, विवेक नगुमाऔँ
देश निर्बाचनमय भएको छ । चुनावी माहौलमा घर गाँउ,शहर र बजार सबै होमिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनका लागी उम्मेदवारहरु आफनो पल्ला भारी बनाउने कसरतमा कम्मर कसेर लागेका छन ।
चिया पसलदेखि साना र ठुला सबै होटल बिहानैदेखि प्याक देखिन्छन । खेती किसानीमा रमाएका किसान समेत आश्वासनको पछि लागेर झण्डा बोकेर हिँडन थालेका छन ।
उम्मेदवारहरु आश्वासनको पोको बोकेर गाँउगाँउमा पुगेका छन । आश्वासनको लल...
























