नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र निकट तीन विद्यार्थी संगठनले चिकित्सा शास्त्र अध्ययन संस्थाद्वारा लिइएको प्रवेश परिक्षा रद्ध गर्न माग गरेका छन्।

क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, नेवि संघ अध्यक्ष नैनसिंह महर र अनेरास्ववियु अध्यक्ष नविना लामाले बुधवार एक विज्ञप्ति जारी गर्दै संस्थाले लिएको प्रवेश परीक्षामा गम्भीर त्रुटी भएको भन्दै पुनः परीक्षाको माग गरेका हुन्।

‘चिकित्सा शास्त्र अध्ययन संस्थानले यस शैक्षिक शत्रमा लिएको प्रवेश परिक्षामा उत्पन्न गम्भीर त्रुटीलाई सच्याउँदै तत्काल पुनः परिक्षाको मिति तोक्न माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ,‘साथै उक्त परिक्षाको छानविन गरी दोषी पत्ता लगाई कडाभन्दा कडा कारबाही गरी परिक्षाको मर्यादा र पारदर्शीता कायम गर्नपनि माग गर्दछौं।’

यस्तै, शिक्षा ऐनको नवौं संशोधनविरुद्ध शिक्षा शास्त्रका विद्यार्थीहरुले जारी राखेको आन्दोलनप्रति पनि तीन ठूला संगठनले ऐक्यवद्धता जाहेर गरेका छन्।

क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले देश यतिबेला निर्वाचनमा होमिएको भएपनि विद्यार्थीका विषयलाई लिएर आफ्नो संगठन क्याम्पस र विश्वविद्यालयमा नै रहेको बताए।

‘यतिबेला युगान्तकारी परिवर्तनलाई संस्थागत गर्दै स्थिर सरकार, पुर्वाधार विकास र आर्थिक समृद्धिका लागि हामी निर्वाचन प्रकृयामा समेत होमिएका छौं तर शिक्षा क्षेत्रमा देखा परेका समस्यालाई हामीले नजरअन्दाज गरेका छैनौं, यतिबेला विद्यार्थी संगठनहरुले विश्वविद्यालय र क्याम्पसमै बस्नुपर्ने अवस्था छ’, उनले भने।-नेपालखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!