काठमाडौँ, २८ कात्तिक । गोकर्णेश्वर नगरपालिकाबाट एक युवकलाई प्रहरीले कटुवा पेस्तोलसहित सोमबार पक्राउ गरेको छ ।

ललितपुरको गोदावरी नगरपालिका–५ बस्ने सिन्धुपाल्चोक, चौताराका धीरेन ओप्ठलाई एक एक थान कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने एसएलआरको गोली र दुई थान रडसहित प्रहरीले पक्राउ गरेको हो । गोकर्णमा प्रहरीले जाँच गर्ने क्रममा बा८८प ८२८४ नंको मोटरसाइकलमा सवार उनको साथबाट उक्त हातहतियार बरामद गरिएको प्रहरीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!