एजेन्सी, २९ कात्तिक । लगभग साढे ४ अर्ब वर्षदेखि अस्तित्वमा रहेको यो पृथ्वी अहिलेसम्म ५ पटक यस्तो भइसकेको छ कि, सबैभन्दा बढी फैलिएको प्रजाती पूर्णरुपमा लोप भएका छन् ।

Advertisement

पाँचौ घटनामा डायनोसर लोप भएको थियो । वैज्ञानिकहरुका अनुसार अब पृथ्वी छैटौं महाविनाशको श्रंखलामा पुगिसकेको छ ।

अमेरिकाको नेशनल एकेडेमी अफ साइन्सको एक नयाँ अनुसन्धानमा यो खुलासा भएको छ कि पृथ्वीमा चरादेखि जिराफसम्म हजारौंको संख्यामा जीवहरुको प्रजाति लोप हुँदै छ ।

वैज्ञानिकले जनावरको घट्दो संख्यालाई ‘विश्वव्यापी महामारी’ भनेका छन् । र यसलाई पृथ्वीमा छैटौं महाविनाशको हिस्सा पनि भनिएको छ ।

पहिलेका ५ महाविनाशलाई प्राकृतिक घटना मानिन्छ । तर अबको छैटौं महाविनाशको कारण भने ठूलो संख्यामा जनावरहरुको भौगोलिक हिस्सामा मानवीय कब्जा बढ्नुलाई मानिएको छ ।

मेक्सिको सिटीको विश्वविद्यालयका रिसर्चर गेरार्दो सेबायोशको भनाइ छ कि यो खोज हालका लागि शैक्षिक रिसर्च पेपरका लागि गरिएको हो । अहिले नै यसका बारेमा केही भन्नु उपयुक्त नहुने उनको भनाइ छ ।

अनुसन्धनका अनुसार जमिनमा रहने सबै स्तनधारी, उभयचर, सरिसृपको ३० प्रतिशत हिस्सा लोप भइसकेको वैज्ञानिकहरुको दावी छ ।

विश्वको धेरै ठाउँमा स्तनधारी जनावरको बासस्थान घट्दै गएका कारण उनीहरुको संख्यामा ७० प्रतिशतसम्म कमी आएको छ । जस्तै विश्वभर चितुवाको संख्या मात्र ७ हजारमा सीमित भएको छ ।

यस्तै अफ्रिकी बाधको संख्या साल १९९३ देखि अहिलेसम्म ४३ प्रतिशले घटेको वैज्ञानिकको भनाइ छ । वैज्ञानिकहरुका अनुसार गएका १०० वर्षमा २०० भन्दा बढी प्रकारका जीवहरु लोप भइसकेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!