गौशाला, २९ कात्तिक ।  अवैध चाँदी र हात्तीको पुच्छरसहित प्रहरीले आज महोत्तरीको बर्दिवासबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका– १ का विश्राज तिवारी र कालिकोट तिलकनगर– ९ का लक्ष्मी कोइराला रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताउनुभयो ।

Advertisement

प्राप्त सूचनाका आधारमा उनीहरुलाई बर्दिवासस्थित शिशमहल होटलबाट ९ किलो चार सय ग्राम चाँदीको तयारी गरगहना र १५ हजार १०० सय थान हात्तीको पुच्छर जस्तो देखिने बस्तुसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।

पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको छ भने चाँदी राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय पथलैया र हात्तीको पुच्छर जस्तो देखिने वस्तु जिल्ला वन कार्यालय महोत्तरीमा बुझाउने तयारी गरिहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!