सिरहा, २८ कात्तिक । स्थानीय जनता माध्यमिक विद्यालय, गोलबजार ८ का एक शिक्षकले आफ्नै विद्यार्थीमाथि यौन दुराचार गरेको अभियोग लागेको छ । विद्यालयका प्रा.वि. शिक्षक हरिनारायण महतोले ६ कक्षामा अध्ययनरत एक छात्रालाई यौन दुराचार गरेको अभिभावकको आरोप छ ।

Advertisement

अभिभावकले सोमबार विद्यालयमै आएर उजुरी गरेका थिए । पीडितले आइतबार विद्यालयबाट घर पुगेर आमालाई रुदै शिक्षकले आफूलाई शरिरका विभिन्न भागमा सुमसुम्याएको भनेपछि अभिभावक उजुरी गर्न सोमबार विद्यालय पुगेका थिए ।

अभिभावकको उजुरीपछि आज (मंगलबार) विहानैदेखि स्थानीय बुद्धिजिवी, जनप्रतिनिधी, विद्यालयका प्र.अ. व्रम्हदेव प्रसाद सिंह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवु महतो र इलाका प्रहरी कार्यालय गोलबजारका असई रेमती महतो सहितको उपस्थितिमा घटना मिलाउन छलफल चलिरहेको बताइएको छ ।

घटना सार्वजनिक भएपछि आक्रोशित स्थानीय युवा तथा विद्यार्थीहरुले विद्यालयमा ताला लगाएका छन् । तालाबन्दका कारण जारी  अर्धवार्षिक परीक्षा समेत स्थगित भएको छ ।  पीडक शिक्षकलाई कार्वाहीको माग गर्दै सिरहाको चोहर्वामा चक्काजाम गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!