म्याग्दी, २८ कात्तिक । म्याग्दीको बेनी नगरपालिका १ अर्जममा मंगलबार दिउँसो नेपाली कांग्रेसको चुनावी प्रचार टोलीलाई लक्षित गरेर माइन बम विस्फोट गराईएको छ ।

रत्नेचौरमा चुनावी आमसभा सकेर बेनी नगरपालिका १ अर्जममा घरदैलो लागि हिँडेका काग्रेसका प्रतिनिधि सभाका उम्मेदवार खम्बीर गुर्वजा सहितको टोलीलाई लक्षित गरेर बम बिस्फोट भएको थियो ।

Advertisement

रत्नेचौर प्रहरी युनिट घटनास्थल विस्फोट भएको ठाउँमा पुग्दा मानवीय क्षती नभएको तर, सवारी साधनमा सामान्य क्षेती पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

सो प्रचार  टोलीमा लोकतान्त्रिक गठबन्धनका  प्रदेश  क्षेत्र नम्बर क का उम्मेद्वार भिमप्रसाद गौचन, जिल्लाका बरिष्ठ नेता र कार्यकता पनि रहेको थिए । घटना लगत्तै रत्नेचौर प्रहरी युनिट र भुकण्डेको  सशस्त्र प्रहरीको सुरक्षा जनशक्ति बढाएको जिल्ला प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले जानकारी  दिईन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!