एजेन्सी, ४ मंसिर । सन् १९६० को दशकको कुख्यात अपराधी चार्ल्स म्यानसनको मृत्यु भएको छ। नौ जन्मकैदको सजाय पाएका ८३ वर्षीय म्यानसनलाई जेलमा बिरामी भएपछि अस्पताल भर्ना गरिएको थियो।

Advertisement

सन् १९६९ मा उनको निर्देशनमा अमेरिकाको क्यालिफोर्नियामा ७ व्यक्तिको हत्या भएको थियो। हत्या गरिएकामध्ये हलिउड अभिनेत्री स्यारोन टेट पनि थिइन्, जो प्रसिद्ध निर्देशक रोमन पोलन्स्कीकी पत्नी थिइन्। उनको घरमा भएका अन्य चार व्यक्तिको पनि हत्या भएको थियो।

‘म्यानसन परिवार’ भनिने आफ्ना समर्थकद्वारा अपराध गराएका म्यासनलाई पहिले मृत्युदण्ड सुनाइएको थियो। तर त्यो बेला समयका लागि सो राज्यमा मृत्युदण्डमाथि प्रतिबन्ध लगाइएका कारण उनलाई जेल सजाय दिइएको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!