रुकुममा भरुवा बन्दुकसहित अफिम कारोबारी पक्राउ
रुकुम, ४ मंसिर । रुकुम पश्चिममा भरुवा बन्दुकसहित एक अफिम कारोबारी पक्राउ परेका छन्। लागूऔषध अफिम मुद्दाका फरार प्रतिवादी रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं. ८ खाबाङखानीका ४० वर्षीय हिमबहादुर पाण्डे पक्राउ परेका हुन्।
आफ्नो घरमा लागूऔषध अफिम लुकाई राखेको छ भन्ने प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लक्ष्मण वलीको कमाण्डमा खटिएको प्रहरी टोलीले पाण्डेलाई घरम...























