काभ्रे, ४ मंसिर । काठमाडौंबाट बनेपा आउँदै गरेको बा १८ च ३११९ नम्बरको महेन्द्र बोलेरो जीप काभ्रेको जनागालमा अनियन्त्रित भई पल्टिदा बनेपा–१० का बाबु विष्टको ज्यान गएको छ ।

स्थानीयका  अनुसार दुर्घटना हुनुअघि स्थानीय विष्ट सडक किनारामा हिडिरहेका थिए । काठमाडौंबाट बनेपा आउँदै गरेको बोलेरो जीप अनियन्त्रित भई पल्टिएर विष्टलाई किचेको प्रहरीले जनाएको छ ।

Advertisement

विष्टका आफन्त र स्थानीयवासीले सडकमा टायर बालेर प्रदर्शन गर्दै अरनिको राजमार्ग अवरुद्ध पारेका छन् । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!