रुकुम, ४ मंसिर । रुकुम पश्चिममा भरुवा बन्दुकसहित एक अफिम कारोबारी पक्राउ परेका छन्। लागूऔषध अफिम मुद्दाका फरार प्रतिवादी रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं. ८ खाबाङखानीका  ४० वर्षीय हिमबहादुर पाण्डे पक्राउ परेका हुन्।

आफ्नो घरमा लागूऔषध अफिम लुकाई राखेको छ भन्ने प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लक्ष्मण वलीको कमाण्डमा खटिएको प्रहरी टोलीले पाण्डेलाई घरमै सुतिरहेको अवस्थामा पक्राउ गरी लागूऔषध अफिम र भरुवा बन्दुक बरामद गरेको हो।

उनको घरमा खानतलासी गर्दा १७ किलो लागूऔषध अफिमका साथै एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने बारुद, गोली र छर्रा, एक थान खुकुरी बरामद गरिएको पश्चिम रुकुमका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। उनका अनुसार पाण्डेलाई लागूऔषध कारोबारसम्बन्धी मुद्दा तथा हातहतियार खरखजनासम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद लिइएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!