साइबर अपराधमा फेसबुक प्रयोग सबैभन्दा बढी
‘काठमाडौंमा बसेर पढ्दै गरेकी एक युवतीको घरमा विवाहको कुरा आयो। उनको कसैसँग प्रेम सम्बन्ध थियो। घरमा प्रेमीको कुरा बताउन सकेकी थिइनन्। दबाब बढ्दै गएपछि भने आमालाई मात्र भनिन्।
आमाबाट त्यो कुरा बुवासम्म पुग्यो। उनले स्वीकारेनन् र खोजेकै केटासँग विवाह गर्न भने। धेरै कर गरेपछि उनी विवाह गर्न तयार भइन्। आफ्नो प्रेमीलाई सम्झाउने हिम्मत भने गरिनन्।
प्रेमी उनका छिमेकी थिए, विवाहको कुरा थाहा पाइहाले। प...























