सौर्य परिवारनजिकैको तारालाई परिक्रमा गर्ने पृथ्वीजत्रै ग्रह फेला पर्‍यो

सौर्य परिवारनजिकैको तारालाई परिक्रमा गर्ने पृथ्वीजत्रै ग्रह फेला पर्‍यो

एजेन्सी, ३० कात्तिक । खगोलविदहरुले सौर्य परिवारबाहिर नजिकै पृथ्वीकै आकारको एक ग्रह फेला पारेका छन्। रोस १२८बी नाम दिइएको यो एक्जोप्लानेट (सौर्य परिवारबाहिर कुनै तारालाई फेरो मार्ने ग्रह) मा सम्भावित जीवनको खोजी गरिने बताइएको छ। चिलीको ला सिल्ला अब्जरभेटरीका वैज्ञानिकहरुको टोलीले ‘हाइ एक्युरेसी रेडियल भेलोसिटी प्लोनट सर्चर’ (हार्प्स) को उपयोग गरी यो ग्रह पत्ता लगाएका हुन्। यो पृथ्वीबाट मात्र ११...
देउवा भन्छन्ः म अझै तीन पटक प्रधानमन्त्री हुन्छु, कम्युनिष्टहरुले भनेर हुन्छ?

देउवा भन्छन्ः म अझै तीन पटक प्रधानमन्त्री हुन्छु, कम्युनिष्टहरुले भनेर हुन्छ?

धनगढी, ३० कात्तिक ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सात पटक प्रधानमन्त्री हुने भविष्यवाणी ज्योतिषले गरेको हुँदा अझै तीन पटक प्रधानमन्त्री हुने बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले ‘कांग्रेसको अन्तिम प्रधानमन्त्री’ भनेको विषयप्रति टिप्पणी गर्दै कैलालीको धनगढीमा देउवाले यस्तो बताएका हुन्। ‘ज्योतिषले मलाई सात पटक प्रधानमन्त्री हुने भनेका छन्,’ धनगढीमा आयोजित पत्रकार सम्मेलनमा देउवाले भने, ‘म...
बुढीगण्डकी आयोजना अव भारतीय कम्पनी एनएचपीसीलाई : भारतीय मिडिया

बुढीगण्डकी आयोजना अव भारतीय कम्पनी एनएचपीसीलाई : भारतीय मिडिया

काठमाडौं, ३० कात्तिक । चीनियाँ कम्पन्नी गजुवालाई दिइएको बुढीगण्डकी आयोजना निर्माणको ठेक्का सरकारले खारेजगरेपछि यसको भविष्यलाई लिएर विभिन्न अडकलबाजी भएका छन् । तर, भारतीय मिडियाले यो काम अव भारतीय कम्पनी एनएचपीसीले पाउने दावी गरेक छन् । भारतीय पत्रिका टाइम्स अफ इन्डियालेगैरआधिकारिक स्रोतको हवला दिदै बुढीगण्डकी आयोजना निर्माणको ठेक्का अव एनएचपीसीले पाउने दावी गरेको छ । सरकारले चीनियाँ कम्पनीसँगक...
नेपालकै होचा कलाकार दिपेन शाहको निधन

नेपालकै होचा कलाकार दिपेन शाहको निधन

काठमाडौँ, ३० कात्तिक ।  नेपालकै होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ । पारिवारिक स्रोतका अनुसार केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज बिहान ७ बजे निधन भएको हो । स्रोतका अनुसार उनको दुई वटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेपछि उनको निधन भएको हो । २०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका कलाकार हाँस्यचलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्...
गौचन हत्याको कारण ठेक्का कमिसन, यस्तो छ प्रहरीको निष्कर्ष

गौचन हत्याको कारण ठेक्का कमिसन, यस्तो छ प्रहरीको निष्कर्ष

काठमाडौं, ३० कात्तिक ।  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको कारण ठेक्का लागेको १३ अर्ब रुपैयाँबराबरको हुलाकी लोकमार्गको कमिसन र प्रहरी इन्काउन्टरमा मारिएका सामाखुसीका गुण्डा नाइके कुमार श्रेष्ठ घैंटेको पैसा देखिएको छ । घटना अनुसन्धान गर्न गठित समितिले गौचनको हत्या योजनाकार देखिएका समिरमानसिंह बस्नेतले ५५ अर्ब रुपैयाँमध्ये ठेक्का लागेको करिब १३ अर्बको २ प्रतिशत कमिस...
बालाचतुर्दशी : दिवंगत पितृको नाममा बालिन्छ बत्ती

बालाचतुर्दशी : दिवंगत पितृको नाममा बालिन्छ बत्ती

काठमाडौँ, ३० कात्तिक ।  पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा आज बेलुकी दिवंगत पितृको नाममा बत्ती बालिन्छ ।  प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी देशभरका शिवालयमा दिवंगत पितृका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने गर्छन् । चतुर्दशीका दिन बिहान शतबीज छरेर बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । देशका विभिन्न स्थानबाट आउने श्रद्धालु भक्तजनको बिहीबार बिह...
पेस्तोलसहित एक व्यक्ति पक्राउ

पेस्तोलसहित एक व्यक्ति पक्राउ

धनगढी, ३० कात्तिक । धनगढी उपमहानगरपालिका–७ को धनगढी गाउँबाट गएराति प्रहरीले एकजनालाई नलकटुवा पेस्तोलसहित पक्राउ गरेको छ । धनगढी वडा नं ८ क्याम्पस रोड बस्ने राकेश चौधरीलाई राति १० बजेको समयमा शंका लागी गस्तीमा रहेको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो । उक्त पेस्तोल सीमापारिबाट ल्याइएको हुनसक्ने...
गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु दर्जनौ घाईते

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु दर्जनौ घाईते

गुल्मी, ३० कात्तिक । गए राती गुल्मीको अर्खर्लेमा मलामी गएर फर्किर्दै गर्दा जिप दुर्घटना भएको छ । हिजो राती करिव साढे दश वजेको समयमा छल्दी पनाह घाटमा एक जना स्थानीयको अन्त्यष्टि गरेर फर्किदै गरेको लु १ ज १५२१ नम्वरको जिप अर्खलेकै चौडिला भन्ने स्थानमा  दुर्घटना हुँदा कपिलवस्तु जिल्ला वाडगंङ्गा ८ निवासी ५५ वर्षिय रुद्रबहादुर ढेंगा मगरको मृत्यु भएको हो । अघिल्लो दिन अर्खले मै भाडगाउँमा सडकमा चलेको ...
साैरहामा भैँसी विज्ञको पहिलो अन्तरराष्ट्रिय सम्मेलन

साैरहामा भैँसी विज्ञको पहिलो अन्तरराष्ट्रिय सम्मेलन

चितवन, ३० कात्तिक ।  चितवनको सौराहामा बुधबारदेखि भैँसी विज्ञको पहिलो अन्तरराष्ट्रिय सम्मेलन शुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा आइपी ढकालले उक्त सम्मेलनको उद्घाटन गर्नुभयो ।  विश्वविद्यालयको पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा शुरु भएको सम्मेलनमा नेपालसहित विभिन्न ११ देशका २०० जना भैँसीविज्ञ, वैज्ञानिक, प्राज्ञ तथा विद्यार्थीको सहभागिता छ । ‘भ...
प्रमुख अयुक्त यादवले उम्‍मेदवारलाई भने, आफ्नो सुरक्षा आफैँ गर्नुस्

प्रमुख अयुक्त यादवले उम्‍मेदवारलाई भने, आफ्नो सुरक्षा आफैँ गर्नुस्

काठमाडौं, २९ कात्तिक ।  प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले चुनाव नजिकिएसँगै सुरक्षा चुनौती बढेको भन्दै उम्मेदवारलाई सुरक्षित रहन आग्रह गरेका छन्। नेपाल पत्रकार महासंघले बुधबार गरेको कार्यक्रममा उनले सुरक्षा निकायले पनि सतर्कता अपनाइरहेकाले उम्मेदवारलाई आफ्नो सुरक्षा आफैँ गर्न आग्रह गरे। ‘निर्वाचन नजिकिएसँगै सुरक्षा चुनौती बढेको छ। हामीले सरकारलाई पनि भनेका छौँ। तर, पनि सबैले सुरक्षाक...
पशुपति क्षेत्रमा भत्किएका ६४ वटा ऐतिहासिक स्थलमध्ये एउटा मात्र पुनःनिर्माण

पशुपति क्षेत्रमा भत्किएका ६४ वटा ऐतिहासिक स्थलमध्ये एउटा मात्र पुनःनिर्माण

काठमाडौँ, २९ कात्तिक । भूकम्प गएको ३१ महिना बित्दासमेत विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा भत्किएका ६४ वटा ऐतिहासिक स्थलमध्ये एउटाको मात्र पुनःनिर्माण भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पशुपति क्षेत्रका मन्दिरमा आंशिकमात्र क्षति पुगेपनि सत्तल भने पूर्णरुपमा भत्किएका थिए । भत्किएकामध्ये हालसम्म लालगणेश मन्दिरको मात्र पुनःनिर्माण सम्पन्न भएको छ । भट्टहरुको आवास मर्मत पनि सम्पन्न ...
‘मान्छे बिक्रीमा ! मूल्यः ८०० डलर’

‘मान्छे बिक्रीमा ! मूल्यः ८०० डलर’

कात्तिक, २९ कात्तिक । ‘आठ सय ।’ लिलामीकर्ता भन्दै थिए, ‘ नौ सय... एक हजार...एक हजार एक सय...।’ यसरी लिलाम बढाबढमा एक हजार दुई सय लिबियन दिनारमा बिक्री भयो, जुन रकम आठ सय अमेरिकी डलर बराबर थियो । यहाँ पुरानो कार होइन, कसैको जमिन अथवा पुराना फर्निचरका सामान पनि होइन, यो कुनै त्यस्तो सामान्य व्यापार पनि थिएन, यो त दुईजना मानिसको बिक्रीका लागि भएको लिलाम बढाबढ थियो । एकजना नचिनिएका व्यक्तिको कारोब...
कांग्रेसको उम्मेदवार बाबुराम हैनन्, मै हुँः नारायणकाजी श्रेष्ठ

कांग्रेसको उम्मेदवार बाबुराम हैनन्, मै हुँः नारायणकाजी श्रेष्ठ

गोरखा, २९ कात्तिक ।  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखा–२ को नेपाली कांग्रेसको उम्मेदवार समेत आफू नै भएको बताएका छन् । गोरखा क्षेत्र नं– २ मा एमाले–माओवादी गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार रहेका श्रेष्ठले कांग्रेसको उम्मेदवार पनि आफैं भएको बताए । बाबुराम भट्टराईविरुद्ध कडारुपमा प्रस्तुत भएका श्रेष्ठले बाबुरामलाई कांग्रेसले समर्थन नगर्ने दाबी गरे । नेता श्रेष्...
वाम गठबन्धनले एकदलीय  शासन लाद्‍न खोजेको  प्रधानमन्त्री देउवाको आरोप

वाम गठबन्धनले एकदलीय शासन लाद्‍न खोजेको प्रधानमन्त्री देउवाको आरोप

 कैलाली (लम्की), २९ कात्तिक ।  प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालमा कम्युनिस्टहरुको गठबन्धनले एकदलीय शासन लाद्‍न खोजेको आरोप लगाएका छन्। बुधबार कैलालीको लम्कीमा नेपाली कांग्रेस कैलाली क्षेत्र नं २ ले आयोजना गरेको कार्यकर्ता  भेटघाट  तथा  पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री देउवाले आसन्न निर्वाचन लोकतान्त्रिक गणतन्त्र पक्षधर र निरंकुश अधिनायकवाद बीचको लडाइँ भएको ...
पूर्व राजदूत सवार गाडी दुर्घटनामा पर्यो

पूर्व राजदूत सवार गाडी दुर्घटनामा पर्यो

काठमाडौं, २९ कात्तिक । कोरियाका लागि पूर्व राजदूत कमानसिंह लामा सवार गाडी दुर्घटनामा परेको छ । बुधबार बिहान पेप्सीकोलाको मनोहरा पुलमा विपरित दिशाबाट आएको ट्रकले लामा सवार बा ३ च ४१७५ नम्बरको बलेरोलाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट लामा चढेको गाडी क्षतिग्रस्त भएपनि मानविय क्षति भने नभएको लामाका चालक धन बहादुर लोले जानकारी दिए । लामा कारको पछिल्लो सिटमा बसेका थिए । पेप्सीकोलास्थित आफ्नो कार्या...
ट्र्याक्टर दुर्घटनामा दुई सहचालकको मृत्यु

ट्र्याक्टर दुर्घटनामा दुई सहचालकको मृत्यु

जुम्ला, २९ कात्तिक ।  गुठीचौर गाउँपालिका–१ मणिसाँघुमा सोमबार राति भएको भे१त ७३८६ नंको ट्र्याक्टर दुर्घटनामा दुई सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–८ तलिउम जुम्लाका १७ वर्षीय ललित धराला र जाजरकोट कुसे गाउँपालिका–७ निवासी अन्दाजी १८ वर्षीय भीमबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार राजेन्द्र सुनारले जानकारी दिनुभयो । सुनारका अनुसार डोल्पाको चौंरीकोटबाट जुम्...
साढे १५ घण्टासम्म यसरी जल्यो प्लाष्टिक उद्योग (फोटोफिचर)

साढे १५ घण्टासम्म यसरी जल्यो प्लाष्टिक उद्योग (फोटोफिचर)

ललितपुर, २९ कात्तिक । मंगलबार साँझ ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा रहेको आनन्द प्लाष्टिक उद्योगमा भीषण आगलागी भएको छ । साझ साढे ६ बजेतिर लागेको आगलागीका कारण उद्योगमा रहेका तयारी सामग्री, कच्चा पदार्थ जलेर नष्ट भएका छन् ।  आगलागीबाट पञ्चकन्याको युपिभिसी उद्योगमा पनि क्षति पुगेको छ । प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको बताएको छ । साँझदेखि लागेको आगो आज बिहान साढे ९ मा मात्र नियन्त्रणमा आ...
आइओएमको प्रवेश परिक्षा रद्ध गर्न विद्यार्थी संगठनको माग

आइओएमको प्रवेश परिक्षा रद्ध गर्न विद्यार्थी संगठनको माग

  नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र निकट तीन विद्यार्थी संगठनले चिकित्सा शास्त्र अध्ययन संस्थाद्वारा लिइएको प्रवेश परिक्षा रद्ध गर्न माग गरेका छन्। क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, नेवि संघ अध्यक्ष नैनसिंह महर र अनेरास्ववियु अध्यक्ष नविना लामाले बुधवार एक विज्ञप्ति जारी गर्दै संस्थाले लिएको प्रवेश परीक्षामा गम्भीर त्रुटी भएको भन्दै पुनः परीक्षाको माग गरेका हुन्। ‘चिकित्सा शास्त्र...
किबीखेतीबाट वार्षिक ६ लाख आम्दानी

किबीखेतीबाट वार्षिक ६ लाख आम्दानी

हेटौँडा, २९ कात्तिक । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका– ६ बज्रबाराहीका कृषकले किबीखेतीबाट बर्षेनी लाखौँ रकम आम्दानी गरिरहेका छन् । ‘एक गाउँ एक उत्पादन’ अवधारणाअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट जिल्ला कृषि विकास कार्यालयले करिब रु ३५ लाख लगानी गरी किबीखेतीसम्बन्धी तालीम, प्रविधि र बिरुवा सहयोग गरेपछि यहाँका किसान किबीखेतीतर्फ आकर्षित भएका हुन् । बज्रबाराहीका ३० जना कृषक...
अख्तियारद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

अख्तियारद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

काठमाडौं, २९ कात्तिक । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए । उनीहरुको बयानका आधारमा म...
उत्पादन कम हुँदा तरकारीको भाउ अाकासियो

उत्पादन कम हुँदा तरकारीको भाउ अाकासियो

धादिङ, २९ कात्तिक । तरकारीको पकेट क्षेत्र मानिने धादिङ जिल्लामा बर्सेनि तरकारी उत्पादन घट्दै छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष पनि उत्पादन घटेको छ । बढ्दो औद्योगिकीकरण र तरकारी फल्ने खेतबारीमा बस्ती विस्तारले उत्पादनमा कमी आएको हो। तरकारी उत्पादन हुने जीवनपुर, नौबिसे, छत्रेदेउराली, थाक्रे, गोगनपानी, धुषा, नलाङ, सलाङ्का क्षेत्रमा बढ्दो औद्योगिकीकरण र बस्ती विस्तारले उत्पादनमा कमी आएको जिल्ला कृ...
काठमाण्डु महानगरपालिकाः कुचो किन्न बोलपत्र आह्वान

काठमाण्डु महानगरपालिकाः कुचो किन्न बोलपत्र आह्वान

काठमाण्डु, २९ कात्तिक । महानगरका प्रमुख र उपप्रमुखले स्थानीय तहको निर्वाचनका समयमा मुख्य नारा दिएको काठमाण्डुको धुलोमुक्त बनाउने अभियान अझै पनि अगाडि बढ्न सकेको छ्रैन । महानगरपािलकाले तत्काल बु्रमर(यान्त्रिक कुचो)का माध्यमबाट काठमाण्डुको फोहोर सफा गर्न नसक्ने जनाएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले बु्मरका लागि केही समयअघि नै बोलपत्र गरिसकिएको भए पनि मूल्य धेरै पर्न आएको हुँदा पुनः बोलपत्र...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं, २९ कात्तिक । नेपाली बजारमा सुनको भाउ उकालो लाग्दै गएको  छ । नेपाली बजारमा आज छापावाला सुन ५६ हजार २ सय पुगेको छ भने तुजावी सुन ५५ हजार ९ सय पुगेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन तोलामा ५६ हजारमा कारोबार भएको थियो भने तेजावी सुन ५५ हजार ७ सयमा कारोबार भएको छ  । हिजो र आज तेजावी र छापावाला सुनमा मा २ सय रुपैया बढेको छ । चादी आज ७ सय ७० पुगेको छ । हिजोको तु...
अराजनीतिक काम बन्द गर्न एमालेको चेतावनी

अराजनीतिक काम बन्द गर्न एमालेको चेतावनी

काठमाडौं, २९ कात्तिक । एमालेले देउवा सरकार निर्वाचन सम्पन्न गराउने काममा केन्द्रित हुन छाडेर आचारसंहिता उल्लंघन गर्ने, कर्मचारीमा सरुवा आतंक मच्चाउने र बिप्लव माओवादीको नाममा बाम गठबन्धनका उम्मेदवारमाथि भौतिक आक्रमणसमेत गराउन उद्दत भएको अरोप लगाएको छ । एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले बुधबार विज्ञप्ति जारी गर्दै पछिल्ला घटनाक्रमले सरकार अराजकता निम्त्याउन लागेको जनाएको छ । एमालेले यस्त...
पृथ्वीमा छैटौं महाविनाश सुरु भएको वैज्ञानिकको चेतावनी, सतर्कता अपनाउन आग्रह

पृथ्वीमा छैटौं महाविनाश सुरु भएको वैज्ञानिकको चेतावनी, सतर्कता अपनाउन आग्रह

एजेन्सी, २९ कात्तिक । लगभग साढे ४ अर्ब वर्षदेखि अस्तित्वमा रहेको यो पृथ्वी अहिलेसम्म ५ पटक यस्तो भइसकेको छ कि, सबैभन्दा बढी फैलिएको प्रजाती पूर्णरुपमा लोप भएका छन् । पाँचौ घटनामा डायनोसर लोप भएको थियो । वैज्ञानिकहरुका अनुसार अब पृथ्वी छैटौं महाविनाशको श्रंखलामा पुगिसकेको छ । अमेरिकाको नेशनल एकेडेमी अफ साइन्सको एक नयाँ अनुसन्धानमा यो खुलासा भएको छ कि पृथ्वीमा चरादेखि जिराफसम्म हजारौंको संख्यामा...
चाँदी र हात्तीको पुच्छरसहित दुईजना पक्राउ

चाँदी र हात्तीको पुच्छरसहित दुईजना पक्राउ

गौशाला, २९ कात्तिक ।  अवैध चाँदी र हात्तीको पुच्छरसहित प्रहरीले आज महोत्तरीको बर्दिवासबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका– १ का विश्राज तिवारी र कालिकोट तिलकनगर– ९ का लक्ष्मी कोइराला रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताउनुभयो । प्राप्त सूचनाका आधारमा उनीहरुलाई बर्दिवासस्थित शिशमहल होटलबाट ९ किलो चार सय ग्राम चाँदीको त...
१० लाख घुससहित शाखा अधिकृत पक्राउ

१० लाख घुससहित शाखा अधिकृत पक्राउ

काठमाण्डु, २९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृति वल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका हुन् । मंगलबार राति ८ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी  फुडल्याण्डबाट पौडल र केसीलाई पक्राउ गरिएको हो । वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक...
दलका घोषणापत्रमा अपांगताको सवाल

दलका घोषणापत्रमा अपांगताको सवाल

काठमाडौँ, २९ कात्तिक । विभिन्न राजनीतिक पार्टीले यस पटक पनि अपांगताका विषयलाई चुनावी मुद्दा बनाएका छन् । यसअघि भएका हरेक निर्वाचनमा दल र दलका नेताले अपांगताका हरेक समस्या समाधान गर्ने भन्दै अपांगता भएका व्यक्तिको मत आफ्नो पक्षमा पार्न घोषणापत्रमार्फत विभिन्न आश्वासन दिँदै आएका थिए । आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा समेत मुख्य राजनीतिक दलहरूले ती मुद्दालाई आआफ्...
सरकारले बूढीगण्डकी सम्झौता खारेज गरेपछि प्रचण्डको आयो यस्तो प्रतिक्रिया

सरकारले बूढीगण्डकी सम्झौता खारेज गरेपछि प्रचण्डको आयो यस्तो प्रतिक्रिया

  काठमाडौं, २९ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चीनको गेजुवा कम्पनीसँग भएको समझदारी खारेज गरेकोमा आपत्ति जनाएका छन् । अध्यक्ष दाहालले सत्ता साझेदार प्रमुख दल आफ्नो पार्टीसँग सल्लाह समेत नगरी सरकारले बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चीनको गेजुवा कम्पनीसँग भएको समझदारी खारेज गरेर संविधानको भावना विप...
ओप्पो एफफाइभ सार्वजनिक: यस्ता छन् विशेषता

ओप्पो एफफाइभ सार्वजनिक: यस्ता छन् विशेषता

ओप्पो मोवाइलले नेपाली बजारमा नयाँ मोडल ओप्पो एफफाइभ सार्वजनिक गरेको छ । पुरानो ब्रान्ड स्लोगनलाई नेपाली बजारमा प्राप्त गरेको सफलतासँग मेल खाने किसिमले सेल्फी एक्सपर्ट एन्ड लिडर मा परिस्कृत गरिएको घोषणा कम्पनीले गरेको छ । विश्वका ३० मुलुकमा उपस्थिति रहेको ओप्पोका उत्पादन तथा सेवालाई विश्वभरका २० करोडभन्दा बढी युवा उपभोक्ताले उपयोग गरिरहेको कम्पनीले जनाएको छ । एफएचडी प्लस फुलस्क्रिन  ओप्पो एफफ...
मलेसियामा एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु

राजविराज, २९ कात्तिक । वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले आज जनाएको छ । वैदेशिक रोजगारीका क्रममा मलेसियाको मेमारा रेकाल एसडिआइभी बिएचडी कम्पनीमा कार्यरत चौधरीले मंगलबार राति खाना खाएर सुतेका र बिहान उनलाई साथीहरुले उठाउन जाँदा मृत फेला परेको मृतक च...
error: Content is protected !!